Skip to main content

Purbi Garjan

नेपाल जेसीज र रेडक्रस स्थापना दिवसमा चारआलीमा रक्तदान

मेचीनगर। नेपाल जेसीजको ६१औं स्थापना दिवस तथा  रेडक्रसको १६१औं स्थापना दिवसको अवसरमा झापाको चारआलीमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

आज चारआलीमा आयोजित रक्तदान कार्यक्रममा पुरुष ५० र महिला ११ जना गरी ६१ यूनिट रगत संकलन गरिएको बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चम्लागाईँले जानकारी दिए।

कार्यक्रमको सभापतित्व नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाले गरेका थिए भने प्रमुख अतिथि प्रदेश नं. १ का माननीय सांसद गोपाल तामाङ रहेका थिए।

कार्यक्रम संयोजन चारआली जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सुजुप सुवेदीले गरेका थिएभने आस्था पाठ बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाईले गरेका थिए। त्यस्तै जेसीज मिसन भिजन सतासीधाम जेसीज अध्यक्ष जेसी पदम बहादुर कुँवर र कार्यक्रम सञ्चालन विरता लेडी जेसीज अध्यक्ष जेसी निशा शाक्यले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले रगत दान जीवन दान भएको उल्लेख गर्दै सबैले यस्ता कार्य गर्न जरुरत रहेको बताए। रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकाल, नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंह सावा लिम्बू लगायतका अतिथिहरूले मन्तव्य राखेका थिए। स्वागत मन्तव्य कार्यक्रम संयोजकबाट प्रस्तुत गरिएको थियो।

कार्यक्रमको विशेष अवसरमा हालसम्म ११८ पटक स्वेच्छिक रक्तदान गरेका झापा हल्दिवारी–४ निवासी सञ्चारकर्मी  नेत्र विक्रम बिमलीलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा इलाम, झापा र मोरङ जिल्लाका १६ जेसीज शाखाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यिनै शाखाहरू कार्यक्रमका आयोजक थिए भने चारआलीका विभिन्न संघसंस्थाहरूको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali