Skip to main content

Purbi Garjan

नेपाल जेसीज र रेडक्रस स्थापना दिवसमा चारआलीमा रक्तदान

मेचीनगर। नेपाल जेसीजको ६१औं स्थापना दिवस तथा  रेडक्रसको १६१औं स्थापना दिवसको अवसरमा झापाको चारआलीमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

आज चारआलीमा आयोजित रक्तदान कार्यक्रममा पुरुष ५० र महिला ११ जना गरी ६१ यूनिट रगत संकलन गरिएको बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चम्लागाईँले जानकारी दिए।

कार्यक्रमको सभापतित्व नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाले गरेका थिए भने प्रमुख अतिथि प्रदेश नं. १ का माननीय सांसद गोपाल तामाङ रहेका थिए।

कार्यक्रम संयोजन चारआली जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सुजुप सुवेदीले गरेका थिएभने आस्था पाठ बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाईले गरेका थिए। त्यस्तै जेसीज मिसन भिजन सतासीधाम जेसीज अध्यक्ष जेसी पदम बहादुर कुँवर र कार्यक्रम सञ्चालन विरता लेडी जेसीज अध्यक्ष जेसी निशा शाक्यले गरेकी थिइन् ।

कार्यक्रमका प्रमुख अतिथि तामाङले रगत दान जीवन दान भएको उल्लेख गर्दै सबैले यस्ता कार्य गर्न जरुरत रहेको बताए। रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकाल, नेपाल जेसीजका पूर्व कार्यकारिणी उपाध्यक्ष जेसी कुमार सिंह सावा लिम्बू लगायतका अतिथिहरूले मन्तव्य राखेका थिए। स्वागत मन्तव्य कार्यक्रम संयोजकबाट प्रस्तुत गरिएको थियो।

कार्यक्रमको विशेष अवसरमा हालसम्म ११८ पटक स्वेच्छिक रक्तदान गरेका झापा हल्दिवारी–४ निवासी सञ्चारकर्मी  नेत्र विक्रम बिमलीलाई सम्मानपत्र प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रममा इलाम, झापा र मोरङ जिल्लाका १६ जेसीज शाखाका अध्यक्ष तथा पदाधिकारीहरूको उपस्थिति रहेको थियो। यिनै शाखाहरू कार्यक्रमका आयोजक थिए भने चारआलीका विभिन्न संघसंस्थाहरूको सह-आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali