मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी "प्रथम निलसरी च्यालेन्ज कप २०८२" अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ । प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४-१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा नै राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप पुर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हापमा केही अवसरहरू गुमाउँदा थप गोल गर्न सकेन । यता खेलाडीमा तालमेल नमिल्दा लय गुमाएको…

मेचीनगर। नेपाल जेसीजको ६१औं स्थापना दिवस तथा रेडक्रसको १६१औं स्थापना दिवसको अवसरमा झापाको चारआलीमा वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। आज चारआलीमा आयोजित रक्तदान कार्यक्रममा पुरुष ५० र महिला ११ जना गरी ६१ यूनिट रगत संकलन गरिएको बाहुण्डाँगी जेसीजका अध्यक्ष नित्यानन्द चम्लागाईँले जानकारी दिए। कार्यक्रमको सभापतित्व नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी राघव कोइरालाले गरेका थिए भने प्रमुख अतिथि प्रदेश नं. १ का माननीय सांसद गोपाल तामाङ रहेका थिए। कार्यक्रम संयोजन चारआली जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी सुजुप सुवेदीले गरेका थिएभने आस्था पाठ बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी नित्यानन्द चम्लागाईले गरेका थिए। त्यस्तै जेसीज मिसन…