Skip to main content

Purbi Garjan

“प्रथम निलसरी च्यालेन्ज कप” उर्लाबारीलाई पराजित गर्दै आयोजक सेमिफाइनल प्रवेश

मेचीनगर । आयोजक युथ क्लब जोरसिमलसंगको सुरूवाती अग्रता जोगाउन नसक्दा उर्लाबारी एफसी मोरङ झापाको मेचीनगर ७ स्थित जोरसिमलमा जारी “प्रथम निलसरी च्यालेन्ज कप २०८२” अन्तर्गत पहिलो खेलबाटै घर फर्किएको छ ।

प्रतियोगिताको आज सम्पन्न तेस्रो क्वाटरफाइनल खेलमा आयोजकले उर्लाबारीलाई ४-१ गोल अन्तर पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ ।

खेलको सुरूवाती अग्रता उर्लाबारी एफसीले लिएको थियो । उर्लाबारीका लागि खेल सुरू भएको १२ औं मिनेटमा नै राम थापाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाप पुर्ण रूपमा आयोजकमाथि दबाब राखेको उर्लाबारी दोस्रो हापमा केही अवसरहरू गुमाउँदा थप गोल गर्न सकेन ।

यता खेलाडीमा तालमेल नमिल्दा लय गुमाएको आयोजक दोस्रो हापमा सुधारिएर खेलेको थियो । उर्लाबारीलाई दबाबमा राख्दै आयोजकले खेलको ४८ औं मिनेटमा बराबरीको स्थिति बनायो । उक्त गोल अरून मेचेले गरेका थिए । आयोजकका अभिनास चौधरी खेलको ७० औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै अरून मेचेले ८२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । विवेक राजवंशी ८४ औं मिनेटमा थप गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेका विजेता टिमका अरून मेचे म्यान अफ द म्याच घोषित भए । उनलाई मेचीनगरका प्रवक्ता दिपक बराल, नगर खेलकुद विकास समिति उपाध्यक्ष रविन ओझा, पुर्व झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष चन्द्र प्रसाईलगायतले नगद दुई हजार पाँच सयसहित ट्रफी प्रदान गरे ।

अन्तिम क्वाटरफाइनल खेल अन्तर्गत भोलिको खेल बेलबारी एफसी र युनाइटेड कर्साङ एफसी भारत बिच दिनको ४ बजेबाट हुने आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए ।

प्रतियोगिताको विजेताले २ लाख नगदसहित ट्रफी तथा उपविजेता १ लाख प्राप्त गर्ने छन् । त्यस्तै प्रतियोगितामा म्यान अफ द सिरिजले पाँच हजार प्राप्त गर्नेछन् भने प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद २५ सय प्राप्त गर्नेछन् । त्यस्तै अन्य व्यक्तिगत विधामा पनि नगदसहित पुरस्कार प्रदान गरिने आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali