Skip to main content

Purbi Garjan

झापामा सुरक्षा रणनीति सम्बन्धी राजनीतिक दलसँग छलफल, लागू औषधदेखि मिटरब्याजसम्मका विषय उठान

झापा। झापामा हालै पदभार ग्रहण गरेका प्रहरी प्रमुख (एसपी) राजन लिम्बूले जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेताहरूसँग सुरक्षा रणनीति सम्बन्धमा छलफल गरेका छन्।

छलफलका क्रममा नेकपा झापाका इञ्चार्ज सुमनसिंह सीले जिल्लामा दिनप्रतिदिन गहिरिँदै गएको अपराध नियन्त्रणका लागि पाँच मुख्य विषयमा विशेष कारवाहीको आवश्यकता रहेको सुझाब राखेका छन्।

उनले लागू औषधको मुख्य गिरोह विरुद्ध विशेष अपरेशन, क्यासिनोका कारण देखिएको सामाजिक समस्या, मिटरब्याजी र वित्तीय गुण्डागर्दी विरुद्ध कडाइ, सीमा सुरक्षासम्बन्धी समस्या, र सामाजिक अपराध तथा गुण्डागर्दी नियन्त्रणका लागि विशेष योजना निर्माण गर्न जोड दिएका छन्।

इञ्चार्ज सुमनसिंहले राजनीतिक दलहरूकै कारण कतिपय आपराधिक घटनाहरूलाई दलगत स्वार्थका आधारमा मिलाउने, प्रहरीमाथि अनावश्यक दबाब सिर्जना गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै सबै दलहरूले आत्मसमिक्षा गर्नुपर्ने धारणा व्यक्त गरे।

उक्त छलफलमा नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका प्रतिनिधि, माओवादी केन्द्रका जिल्ला संयोजक अग्नि, रास्वपा, राप्रपा लगायतका नेताहरूको सहभागिता थियो।

छलफलमा एसपी राजन लिम्बूले जिल्लाको शान्ति सुरक्षालाई व्यवस्थित गर्न र अपराध नियन्त्रण गर्न प्रहरी प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

यसअघि पत्रकारहरुसँग पनि लिम्बूले विभिन्न प्रतिबद्धता व्यक्त गरेका थिए । भिडियो 👉️

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali