Skip to main content

Purbi Garjan

झापामा सुरक्षा रणनीति सम्बन्धी राजनीतिक दलसँग छलफल, लागू औषधदेखि मिटरब्याजसम्मका विषय उठान

झापा। झापामा हालै पदभार ग्रहण गरेका प्रहरी प्रमुख (एसपी) राजन लिम्बूले जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेताहरूसँग सुरक्षा रणनीति सम्बन्धमा छलफल गरेका छन्।

छलफलका क्रममा नेकपा झापाका इञ्चार्ज सुमनसिंह सीले जिल्लामा दिनप्रतिदिन गहिरिँदै गएको अपराध नियन्त्रणका लागि पाँच मुख्य विषयमा विशेष कारवाहीको आवश्यकता रहेको सुझाब राखेका छन्।

उनले लागू औषधको मुख्य गिरोह विरुद्ध विशेष अपरेशन, क्यासिनोका कारण देखिएको सामाजिक समस्या, मिटरब्याजी र वित्तीय गुण्डागर्दी विरुद्ध कडाइ, सीमा सुरक्षासम्बन्धी समस्या, र सामाजिक अपराध तथा गुण्डागर्दी नियन्त्रणका लागि विशेष योजना निर्माण गर्न जोड दिएका छन्।

इञ्चार्ज सुमनसिंहले राजनीतिक दलहरूकै कारण कतिपय आपराधिक घटनाहरूलाई दलगत स्वार्थका आधारमा मिलाउने, प्रहरीमाथि अनावश्यक दबाब सिर्जना गर्ने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै सबै दलहरूले आत्मसमिक्षा गर्नुपर्ने धारणा व्यक्त गरे।

उक्त छलफलमा नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका प्रतिनिधि, माओवादी केन्द्रका जिल्ला संयोजक अग्नि, रास्वपा, राप्रपा लगायतका नेताहरूको सहभागिता थियो।

छलफलमा एसपी राजन लिम्बूले जिल्लाको शान्ति सुरक्षालाई व्यवस्थित गर्न र अपराध नियन्त्रण गर्न प्रहरी प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

यसअघि पत्रकारहरुसँग पनि लिम्बूले विभिन्न प्रतिबद्धता व्यक्त गरेका थिए । भिडियो 👉️

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali