Purbi Garjan

दिन: २०८२ जेष्ठ १, बुधबार

कोशीस्तरीय सुरक्षा गोष्ठी : तस्करी नियन्त्रणका लागि गृहमन्त्रीको ३० दिने अल्टिमेटम

कोशीस्तरीय सुरक्षा गोष्ठी : तस्करी नियन्त्रणका लागि गृहमन्त्रीको ३० दिने अल्टिमेटम

विराटनगर। गृहमन्त्री रमेश लेखकले खुला सीमानाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि सुरक्षा निकायलाई ३० दिनको कडा निर्देशन दिएका छन्। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले औपचारिक आयात विस्थापित गर्ने गरी भइरहेको तस्करीले अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै तत्काल नियन्त्रणमा ल्याउन निर्देशन दिएका हुन्। “तस्करी अपराध बढाउने, राजस्व घटाउने र कानुनी शासनमा अवरोध सिर्जना गर्ने तत्व हो। यसलाई अब सहन सकिँदैन। ३० दिनभित्र नियन्त्रण नभए गृह मन्त्रालय कडा कदम चाल्नेछ,” मन्त्री लेखकले चेतावनी दिए। गोष्ठीमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा…
Read More
झापामा सुरक्षा रणनीति सम्बन्धी राजनीतिक दलसँग छलफल, लागू औषधदेखि मिटरब्याजसम्मका विषय उठान

झापामा सुरक्षा रणनीति सम्बन्धी राजनीतिक दलसँग छलफल, लागू औषधदेखि मिटरब्याजसम्मका विषय उठान

झापा। झापामा हालै पदभार ग्रहण गरेका प्रहरी प्रमुख (एसपी) राजन लिम्बूले जिल्लामा क्रियाशील विभिन्न राजनीतिक दलका नेताहरूसँग सुरक्षा रणनीति सम्बन्धमा छलफल गरेका छन्। छलफलका क्रममा नेकपा झापाका इञ्चार्ज सुमनसिंह सीले जिल्लामा दिनप्रतिदिन गहिरिँदै गएको अपराध नियन्त्रणका लागि पाँच मुख्य विषयमा विशेष कारवाहीको आवश्यकता रहेको सुझाब राखेका छन्। उनले लागू औषधको मुख्य गिरोह विरुद्ध विशेष अपरेशन, क्यासिनोका कारण देखिएको सामाजिक समस्या, मिटरब्याजी र वित्तीय गुण्डागर्दी विरुद्ध कडाइ, सीमा सुरक्षासम्बन्धी समस्या, र सामाजिक अपराध तथा गुण्डागर्दी नियन्त्रणका लागि विशेष योजना निर्माण गर्न जोड दिएका छन्। इञ्चार्ज सुमनसिंहले राजनीतिक दलहरूकै कारण कतिपय आपराधिक घटनाहरूलाई दलगत स्वार्थका आधारमा मिलाउने, प्रहरीमाथि अनावश्यक दबाब सिर्जना गर्ने…
Read More
ne_NPNepali