Skip to main content

Purbi Garjan

कोशीस्तरीय सुरक्षा गोष्ठी : तस्करी नियन्त्रणका लागि गृहमन्त्रीको ३० दिने अल्टिमेटम

विराटनगर। गृहमन्त्री रमेश लेखकले खुला सीमानाबाट हुने अवैध चोरी पैठारी नियन्त्रणका लागि सुरक्षा निकायलाई ३० दिनको कडा निर्देशन दिएका छन्। विराटनगरमा बुधबार आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै उनले औपचारिक आयात विस्थापित गर्ने गरी भइरहेको तस्करीले अर्थतन्त्रमा गम्भीर असर पारेको भन्दै तत्काल नियन्त्रणमा ल्याउन निर्देशन दिएका हुन्।

“तस्करी अपराध बढाउने, राजस्व घटाउने र कानुनी शासनमा अवरोध सिर्जना गर्ने तत्व हो। यसलाई अब सहन सकिँदैन। ३० दिनभित्र नियन्त्रण नभए गृह मन्त्रालय कडा कदम चाल्नेछ,” मन्त्री लेखकले चेतावनी दिए।

गोष्ठीमा गृह मन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसहित कोशी प्रदेशका १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरूको उपस्थिति रहेको थियो।

गृहमन्त्री लेखकले सुरक्षाजन्य नयाँ चुनौतीहरूलाई सम्बोधन गर्न सबै संयन्त्रलाई गम्भीर हुन आग्रह गरे। लागुऔषध दुव्र्यसन, सवारी दुर्घटना र आत्महत्याका घटनाहरू न्यूनीकरणमा सुरक्षा संयन्त्रको विशेष भूमिका रहने उनको भनाइ थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali