Skip to main content

Purbi Garjan

मेचीनगर–३ का ३१ टोलका किसानलाई कृषि औजार वितरण

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–३ का ३१ वटा टोल विकास समितिका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ। वडा कार्यालयलाई नगरपालिकाबाट छुट्याइएको बजेटबाट सोमबार आयोजित कार्यक्रममा किसानलाई विभिन्न प्रकारका साना कृषि औजारहरू प्रदान गरिएको हो।

वडा कार्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा मकै छोड्ने हाते र खुट्टी मेसिन, हातले जोत्ने मेसिन, दबै छिट्ने ट्याङ्की, बेल्चा, फरुवा लगायतका औजारहरू वितरण गरिएको थियो।

वडाध्यक्ष हर्कबहादुर बस्नेतका अनुसार, किसानले आफ्ना टोल विकास समिति मार्फत आवश्यक औजारको माग गरेका थिए र कार्यालयले सोही अनुसार उपकरणहरू उपलब्ध गराएको हो। “कृषकहरूलाई कृषि पेसा सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले यस्ता औजार वितरण गरिएको हो,” उनले बताए।

वडा नं. ३ का अनुसार, करीब ४ लाख रुपैयाँको बजेटबाट प्रतिटोल १३ हजार रुपैयाँ बराबरका औजार वितरण गरिएको हो।

औजार वितरण कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali