Skip to main content

Purbi Garjan

मेचीनगर–३ का ३१ टोलका किसानलाई कृषि औजार वितरण

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–३ का ३१ वटा टोल विकास समितिका किसानहरुलाई कृषि औजार वितरण गरिएको छ। वडा कार्यालयलाई नगरपालिकाबाट छुट्याइएको बजेटबाट सोमबार आयोजित कार्यक्रममा किसानलाई विभिन्न प्रकारका साना कृषि औजारहरू प्रदान गरिएको हो।

वडा कार्यालय परिसरमा आयोजित वितरण कार्यक्रममा मकै छोड्ने हाते र खुट्टी मेसिन, हातले जोत्ने मेसिन, दबै छिट्ने ट्याङ्की, बेल्चा, फरुवा लगायतका औजारहरू वितरण गरिएको थियो।

वडाध्यक्ष हर्कबहादुर बस्नेतका अनुसार, किसानले आफ्ना टोल विकास समिति मार्फत आवश्यक औजारको माग गरेका थिए र कार्यालयले सोही अनुसार उपकरणहरू उपलब्ध गराएको हो। “कृषकहरूलाई कृषि पेसा सञ्चालनमा सहजता होस् भन्ने उद्देश्यले यस्ता औजार वितरण गरिएको हो,” उनले बताए।

वडा नं. ३ का अनुसार, करीब ४ लाख रुपैयाँको बजेटबाट प्रतिटोल १३ हजार रुपैयाँ बराबरका औजार वितरण गरिएको हो।

औजार वितरण कार्यक्रममा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेतीसहित स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali