Skip to main content

Purbi Garjan

समयमा पुग्दैन मेचीनगरको दमकल,आगलागीमा घर खरानी, पीडितको बिचल्ली

मेचीनगर। मेचीनगर–९ कमलचोकमा आगलागी हुँदा एक विपन्न परिवारको घर डढेर पूर्णरूपमा ध्वस्त भएको छ। तर, आगो निभाउनुपर्ने जिम्मेवारी बोकेको मेचीनगरको दमकल यथाकाल झैं ढिलो पुग्दा स्थानीय आक्रोशित बनेका छन्।

मनिराज अधिकारी र स्वस्तिका अधिकारीको घरमा मंगलबार बिहान करिब ८ः३० बजे अचानक विद्युत सर्ट भई आगलागी सुरु भएको थियो। छानाबाट निस्केको आगोको मुस्लो देखेर स्थानीयले तुरुन्तै दमकल बोलाए पनि घर पूरै जलेर खरानी भएपछि मात्रै दमकल पुगेको थियो।

दमकल फेरि ढिलो, स्थानीयको आक्रोश
“घर पूर्ण रूपमा जलेर खण्डहर बनिसकेको थियो, अनि आएर के गर्ने?” एक स्थानीयले भने। दमकल ढिलो पुगेकोमा आक्रोशित स्थानीयले दमकललाई घटनास्थलमै रोकेर फर्काइदिए।

यो घटनाले फेरि एक पटक मेचीनगर नगरपालिकाको तयारी, तत्परता र आपतकालीन सेवाप्रतिको गम्भीर लापरवाही उजागर गरेको छ। दमकल ढिलो पुग्ने घटनाहरू पहिलेदेखि दोहोरिँदै आएका छन्। कमलचोकको यो पछिल्लो घटनाले नगरप्रशासनको जवाफदेहिता माथि पुनः प्रश्न उठाएको छ।

दमकल किन ढिलो पुग्यो?
दमकलकर्मी विराज पौडेलका अनुसार, बिहान ८ः४१ बजे आगलागीको खबर आएको थियो। “मैले नै फोन रिसिभ गरेको हुँ, तुरुन्तै हामी दमकल लिएर निस्कियौं,” उनले भने। तर धुलाबारी बजारपछि सडक निर्माणका कारण बाटो बन्द थियो।
“वैकल्पिक बाटो हुँदै जान खोज्दा दमकल फस्यो, त्यसपछि अर्को दमकल बोलायौं। त्यो दमकल ८ः५८ मा पुग्यो, तर ढिलो आएको भन्दै स्थानीयले विरोध गरे। ढुंगामुढा भएपछि पानी नहाली फर्कनुपर्‍यो,” पौडेलले घटनाको विवरण दिए।

११ लाखको क्षति, सहयोगको अपिल
आगलागीबाट घरसहित भित्र रहेका सम्पूर्ण लत्ता–कपडा, भाँडाकुडा, कागजात जलेर नष्ट भएका छन्। प्रारम्भिक अनुमानअनुसार करिब ११ लाख रुपैयाँ बराबरको क्षति भएको छ। विपन्न परिवारको घर पूर्ण रूपमा ध्वस्त भएपछि उनीहरू खुला आकाशमुनि बस्न बाध्य भएका छन्।

सामाजिक अभियन्ताहरू पीडित परिवारको सहयोगका लागि जुटिरहेका छन्। स्थानीयवासीले राहत र पुनःस्थापनाको माग गर्दै नगरपालिकालाई तत्काल जिम्मेवारी लिन आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali