Skip to main content

Purbi Garjan

पुर्वीद्वार सहकारीले पहिलोपटक टिकटक मार्फत वक्तृत्वकला प्रतियोगिता गर्दै

मेचीनगर। झापाको मेचीनगर -१० स्थित पुर्विद्वार बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा “ आजको बचत नै भविष्यको सुरक्षा हो” भन्ने विषयमा केन्द्रित भइ “खुला टिकटक वक्तृत्वकला प्रतियोगिता” आयोजना गर्ने भएको छ। गत जेठ ७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको सहकारी संस्थाका अध्यक्ष विपी भट्टराईले जानकारी दिए।

संस्थाले सामाजिक सञ्जाल ‘टिकटक’ मार्फत प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको छ। प्रतियोगितामा सहभागी बन्न इच्छुकले ३ मिनेटको नेपाली भाषामा तयार गरिएको भिडियो बनाउनुपर्नेछ भने जुनसुकै भूगोल र उमेर समुहका मानिसले प्रतिस्पर्धा गर्न सक्नेछन् ।

संस्थाका अनुसार प्रतियोगीहरूले जेठ १५ गतेदेखि २५ गतेभित्र आफ्ना भिडियो संस्थाको मेल आइडी वा ह्वाट्सएपमा पठाउनुपर्नेछ। प्राप्त भिडियोहरू संस्थाले जेष्ठ २६ गते आफ्नै टिकटक आइडीबाट पोस्ट गर्नेछ भने असार ४ गते मध्यराति १२ बजेसम्मको समयावधि भित्र प्राप्त भएको सामाजिक सञ्जालको प्रतिक्रिया (लाइक, भिउज, सेयर) का आधारमा ५०% तथा प्रतियोगीहरुको प्रस्तुतिका आधारमा ५०% निर्णय निर्णायक मण्डलको मूल्यांकनबाट गरिनेछ।

विजेताहरूलाई संस्थाको असार ७ गते हुने वार्षिकोत्सव कार्यक्रममा सम्मान गरिनेछ। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५ हजार, ३ हजार र २ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिने संस्थाले जनाएको छ। भिडियो संस्थाको आधिकारिक फोन नम्बर ९८४१०१०४१८ मा ह्वाट्सएप मार्फत तथा purbidwarcoop@gmail.com मार्फत पठाउन सकिनेछ ।

संस्थाले बचतकर्ताहरुलाई प्रोत्साहन गर्ने र सहकारी प्रतिको नकारात्मक दृष्टिकोणलाई परिवर्तन गर्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरेको हो । सहकारीमा नै बचत किन गर्ने र भविष्यमा बचतको महत्त्व किन भन्ने कुरालाई उजागर गर्न समेत वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको संस्थाले जनाएको छ।

संस्थाले सम्पूर्ण शेयर सदस्य तथा शुभेच्छुकहरूलाई कार्यक्रम सफल बनाउन सहयोग गर्न समेत अनुरोध गरेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali