Skip to main content

Purbi Garjan

“नेता भष्ट्र, जनता पिडित’’ भन्दै पुराना कम्युनिस्ट नेता सुब्बाले छाडे एमाले

प्रविण अधिकारी 

झापा । नेकपा (एमाले) का पुराना कार्यकर्ता तथा पूर्वगाउँ सचिव गोपाल सुब्बाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। साविक बाहुण्डाँगी गाउँ पञ्चायत, हाल मेचीनगर–४ निवासी सुब्बाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक वक्तव्य जारी गर्दै विगत चार दशकभन्दा बढीको पार्टी जीवन अन्त्य गरेको जानकारी दिएका हुन्।

विसं २०३९ सालदेखि विद्यार्थी जीवनमा नै कम्युनिष्ट विचारप्रति आकर्षित भएर राजनीतिमा सक्रिय भएका सुब्बाले पार्टीप्रतिको समर्पण, संघर्ष र योगदानलाई स्मरण गर्दै वर्तमान पार्टी नेतृत्वको बेथिति, भ्रष्टाचार र जनविरोधी प्रवृत्तिका कारण पार्टी परित्याग गर्न बाध्य भएको पुर्वी गर्जनलाई बताएका छन्।

“२०४६ सालको जनआन्दोलनपछिका दिनहरूमा हामीले समाजवादको सपना देखेका थियौँ, तर आज गणतन्त्रको नाममा मुलुक भ्रष्टाचार, ऋण र नैतिक पतनको दलदलमा फसिरहेको छ,” उनले भने, “नेताहरूको स्वार्थपूर्ति र चाकडीबाज प्रवृत्तिका कारण अब मलाई एमालेमा बस्न मेरो अन्तरात्माले अनुमति दिँदैन।”

सुब्बाले २०४८ सालमा अखिल नेपाल किसान संगठनको गाउँ कमिटी सचिव, त्यसपछि एमालेको गाउँ कमिटी सह–सचिव लगायत विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। उनले जनतामाझ पार्टी विस्तार, जनजागरण र वर्ग संघर्षमा बिताएका समयलाई गौरवको रूपमा लिएका छन्।

“मैले पार्टी छाडेँ, तर साथीहरूलाई छाडेको होइन,” सुब्बाले भने, “अब म कुनै पनि भ्रष्ट नेताको चाकडी नगरी स्वतन्त्र नागरिक भएर सत्यको पक्षमा उभिन चाहन्छु।”

उनले आफ्नो निर्णय कुनै व्यक्तिगत रिसइवी होइन, बरु सैद्धान्तिक र मूल्यगत कारणले प्रेरित भएको स्पष्ट पारेका छन्।

सुब्बाको पार्टी परित्यागलाई स्थानीय तहमा एमालेप्रति बढ्दो असन्तोषको संकेतका रूपमा हेरिएको छ। पार्टीले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali