Skip to main content

Purbi Garjan

“नेता भष्ट्र, जनता पिडित’’ भन्दै पुराना कम्युनिस्ट नेता सुब्बाले छाडे एमाले

प्रविण अधिकारी 

झापा । नेकपा (एमाले) का पुराना कार्यकर्ता तथा पूर्वगाउँ सचिव गोपाल सुब्बाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। साविक बाहुण्डाँगी गाउँ पञ्चायत, हाल मेचीनगर–४ निवासी सुब्बाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक वक्तव्य जारी गर्दै विगत चार दशकभन्दा बढीको पार्टी जीवन अन्त्य गरेको जानकारी दिएका हुन्।

विसं २०३९ सालदेखि विद्यार्थी जीवनमा नै कम्युनिष्ट विचारप्रति आकर्षित भएर राजनीतिमा सक्रिय भएका सुब्बाले पार्टीप्रतिको समर्पण, संघर्ष र योगदानलाई स्मरण गर्दै वर्तमान पार्टी नेतृत्वको बेथिति, भ्रष्टाचार र जनविरोधी प्रवृत्तिका कारण पार्टी परित्याग गर्न बाध्य भएको पुर्वी गर्जनलाई बताएका छन्।

“२०४६ सालको जनआन्दोलनपछिका दिनहरूमा हामीले समाजवादको सपना देखेका थियौँ, तर आज गणतन्त्रको नाममा मुलुक भ्रष्टाचार, ऋण र नैतिक पतनको दलदलमा फसिरहेको छ,” उनले भने, “नेताहरूको स्वार्थपूर्ति र चाकडीबाज प्रवृत्तिका कारण अब मलाई एमालेमा बस्न मेरो अन्तरात्माले अनुमति दिँदैन।”

सुब्बाले २०४८ सालमा अखिल नेपाल किसान संगठनको गाउँ कमिटी सचिव, त्यसपछि एमालेको गाउँ कमिटी सह–सचिव लगायत विभिन्न तहमा सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गरेका छन्। उनले जनतामाझ पार्टी विस्तार, जनजागरण र वर्ग संघर्षमा बिताएका समयलाई गौरवको रूपमा लिएका छन्।

“मैले पार्टी छाडेँ, तर साथीहरूलाई छाडेको होइन,” सुब्बाले भने, “अब म कुनै पनि भ्रष्ट नेताको चाकडी नगरी स्वतन्त्र नागरिक भएर सत्यको पक्षमा उभिन चाहन्छु।”

उनले आफ्नो निर्णय कुनै व्यक्तिगत रिसइवी होइन, बरु सैद्धान्तिक र मूल्यगत कारणले प्रेरित भएको स्पष्ट पारेका छन्।

सुब्बाको पार्टी परित्यागलाई स्थानीय तहमा एमालेप्रति बढ्दो असन्तोषको संकेतका रूपमा हेरिएको छ। पार्टीले यसबारे कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
2

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali