प्रविण अधिकारी झापा । नेकपा (एमाले) का पुराना कार्यकर्ता तथा पूर्वगाउँ सचिव गोपाल सुब्बाले पार्टी परित्याग गरेको घोषणा गरेका छन्। साविक बाहुण्डाँगी गाउँ पञ्चायत, हाल मेचीनगर–४ निवासी सुब्बाले शनिबार सामाजिक सञ्जाल फेसबुक मार्फत एक वक्तव्य जारी गर्दै विगत चार दशकभन्दा बढीको पार्टी जीवन अन्त्य गरेको जानकारी दिएका हुन्। विसं २०३९ सालदेखि विद्यार्थी जीवनमा नै कम्युनिष्ट विचारप्रति आकर्षित भएर राजनीतिमा सक्रिय भएका सुब्बाले पार्टीप्रतिको समर्पण, संघर्ष र योगदानलाई स्मरण गर्दै वर्तमान पार्टी नेतृत्वको बेथिति, भ्रष्टाचार र जनविरोधी प्रवृत्तिका कारण पार्टी परित्याग गर्न बाध्य भएको पुर्वी गर्जनलाई बताएका छन्। "२०४६ सालको जनआन्दोलनपछिका दिनहरूमा हामीले समाजवादको सपना देखेका थियौँ, तर आज गणतन्त्रको नाममा…