झापा, कमल ।केर्खा बजारस्थित केर्खा पब्लिक बोर्डिङ स्कुलकी छात्रा अनन्या कार्की टेबल टेनिसको जिल्ला स्तरीय प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएकी छन्। सोही स्कुलकी अर्की छात्रा डेनिसा तामाङ तृतीय स्थानमा रही प्रदेशस्तरमा प्रतिस्पर्धा गर्ने अवसर प्राप्त गरेकी छन्।
झापाको सुरुङ्गास्थित हरिकुल माविमा सम्पन्न अण्डर–१४ छात्रातर्फको जिल्ला स्तरीय छनोट प्रतियोगितामा एरा एभरग्रिन बुद्धशान्ति स्कुलकी ससा मैनाली दोस्रो स्थानमा रही छनोटमा परेकी हुन्।
जिल्लाबाट प्रथम, दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने तीनै खेलाडीहरू आगामी जेठ १९ गते इटहरीमा आयोजना हुने प्रदेशस्तरीय टेबल टेनिस प्रतियोगितामा सहभागी हुने छन्।
केर्खा पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल त्रिलोचन गौतमले प्रदेशस्तरीय खेलको तयारीमा खेलाडीहरू उत्साहित रहेको जानकारी दिएका छन्।