Skip to main content

Purbi Garjan

प्रहरीलाई ठुलो सफलता: मेचीनगरबाट लागूऔषधसहित ४५ जना एकैपटक पक्राउ

झापा । झापाको मेचीनगरस्थित कालिका सिमसारमा लागूऔषध खरिद गर्न भेला भएका ४३ जना सेवनकर्ता र २ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार हिजो साँझ करिब ६ बजे मेचीनगर–११ स्थित कालिका सामुदायिक वन क्षेत्रमा इप्रका धुलाबारीका प्रहरी निरीक्षक (प्रनि) पाण्डवकुमार राजवंशी, प्रहरी चौकी चारआलीका प्रहरी नायब निरीक्षक (प्रनानि) प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रनि विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका प्रनानि कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले विशेष ‘स्वीप अपरेसन’ चलाएको थियो।

उक्त अपरेसनमा १५ देखि ४० वर्ष उमेर समूहका ४३ जना पुरुष लागूऔषध सेवनकर्ता पक्राउ परेका छन्। उनीहरू लागूऔषध खरिद गर्न त्यहाँ भेला भएका थिए भने कारोबारीहरू लागूऔषध बेच्न आएको प्रहरीको भनाइ छ। प्रारम्भमा कारोबारी भाग्न सफल भए पनि अनुसन्धानको क्रममा आज दुई जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका दुई कारोबारी मेचीनगर–११ का १८ वर्षीय सनिल मेचे र मेचीनगर–१२ का २५ वर्षीय अजय मेचे हुन्। उनीहरूबाट ब्राउनसुगर लगायत विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। साथै, उनीहरूले प्रयोग गरेका १४ वटा मोटरसाइकल, एउटा अटो र एउटा मारुति भ्यान समेत बरामद गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali