Skip to main content

Purbi Garjan

प्रहरीलाई ठुलो सफलता: मेचीनगरबाट लागूऔषधसहित ४५ जना एकैपटक पक्राउ

झापा । झापाको मेचीनगरस्थित कालिका सिमसारमा लागूऔषध खरिद गर्न भेला भएका ४३ जना सेवनकर्ता र २ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरीका अनुसार हिजो साँझ करिब ६ बजे मेचीनगर–११ स्थित कालिका सामुदायिक वन क्षेत्रमा इप्रका धुलाबारीका प्रहरी निरीक्षक (प्रनि) पाण्डवकुमार राजवंशी, प्रहरी चौकी चारआलीका प्रहरी नायब निरीक्षक (प्रनानि) प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रनि विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका प्रनानि कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले विशेष ‘स्वीप अपरेसन’ चलाएको थियो।

उक्त अपरेसनमा १५ देखि ४० वर्ष उमेर समूहका ४३ जना पुरुष लागूऔषध सेवनकर्ता पक्राउ परेका छन्। उनीहरू लागूऔषध खरिद गर्न त्यहाँ भेला भएका थिए भने कारोबारीहरू लागूऔषध बेच्न आएको प्रहरीको भनाइ छ। प्रारम्भमा कारोबारी भाग्न सफल भए पनि अनुसन्धानको क्रममा आज दुई जनालाई पक्राउ गरिएको छ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ परेका दुई कारोबारी मेचीनगर–११ का १८ वर्षीय सनिल मेचे र मेचीनगर–१२ का २५ वर्षीय अजय मेचे हुन्। उनीहरूबाट ब्राउनसुगर लगायत विभिन्न प्रकारका लागूऔषध बरामद गरिएको छ।

पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। साथै, उनीहरूले प्रयोग गरेका १४ वटा मोटरसाइकल, एउटा अटो र एउटा मारुति भ्यान समेत बरामद गरिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali