झापा । झापाको मेचीनगरस्थित कालिका सिमसारमा लागूऔषध खरिद गर्न भेला भएका ४३ जना सेवनकर्ता र २ जना कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार हिजो साँझ करिब ६ बजे मेचीनगर–११ स्थित कालिका सामुदायिक वन क्षेत्रमा इप्रका धुलाबारीका प्रहरी निरीक्षक (प्रनि) पाण्डवकुमार राजवंशी, प्रहरी चौकी चारआलीका प्रहरी नायब निरीक्षक (प्रनानि) प्रमोद रेग्मी, जिल्ला प्रहरी कार्यालय झापाका प्रनि विजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाका प्रनानि कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको संयुक्त टोलीले विशेष 'स्वीप अपरेसन' चलाएको थियो। उक्त अपरेसनमा १५ देखि ४० वर्ष उमेर समूहका ४३ जना पुरुष लागूऔषध सेवनकर्ता पक्राउ परेका छन्। उनीहरू लागूऔषध खरिद गर्न त्यहाँ भेला भएका थिए…