Skip to main content

Purbi Garjan

पूर्व प्रगती आमा समूहको वार्षिक साधारण सभा तथा सम्मान कार्यक्रम सम्पन्न

मेचीनगर। झापाको मेचीनगर–६ मेची डाँडामा अवस्थित पूर्व प्रगती आमा समूहले आफ्नो तेस्रो वार्षिक साधारण सभा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। उक्त अवसरमा संस्थामा विशेष योगदान पु¥याउने सदस्य आमाहरुलाई सम्मानसमेत गरिएको थियो।

सभामा संस्थाकी संस्थापक अध्यक्ष राधा सिलवाल, पूर्वअध्यक्ष भगवती अधिकारी, ईन्दिरा रायामाझी, विष्णुमाया अधिकारी र पुष्पाकुमारी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो।

आमा समूहले सञ्चालित आर्थिक बचत कार्यक्रममा असल ऋणीका रूपमा उषा राई (उर्मीला)लाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो। संस्थाले बचत कार्यक्रमअन्तर्गत तीन वर्षमा जम्मा ५८ लाख रुपैयाँ संकलन गरी १०८ जना सदस्यलाई वितरण गरेको जनाएको छ।

समूहका सदस्यहरूले मासिक १ हजार रुपैयाँ बचत र ५ हजार रुपैयाँ शेयर जम्मा गरेर प्रति सदस्य ५१ हजार रुपैयाँ प्राप्त गरेका थिए।

कार्यक्रमको अध्यक्षता संस्थाकी वर्तमान अध्यक्ष ईन्दिरा रायामाझीले गरेकी थिइन् भने प्रमुख अतिथिका रूपमा मेची सामुदायिक सेवा केन्द्र काँकरभिट्टाका अध्यक्ष मुक्ति पौडेलले सहभागी हुँदै समूहको सक्रियता र सामाजिक योगदानको प्रशंसा गरे।

कार्यक्रममा स्थानीय सामाजिक अगुवा, आमा समूहका सदस्यहरू, बाल क्लब तथा टोल विकास संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सञ्चालन संस्थाकी सचिव मिना भण्डारी (पौडेल)ले गरेकी थिइन्।

स्थापनाकालदेखि नै पूर्व प्रगती आमा समूहले सामाजिक चेतनामूलक गतिविधिहरू पनि निरन्तर रूपमा सञ्चालन गर्दै आएको संस्थाले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali