मेचीनगर। झापाको मेचीनगर–६ मेची डाँडामा अवस्थित पूर्व प्रगती आमा समूहले आफ्नो तेस्रो वार्षिक साधारण सभा विविध कार्यक्रमसहित सम्पन्न गरेको छ। उक्त अवसरमा संस्थामा विशेष योगदान पु¥याउने सदस्य आमाहरुलाई सम्मानसमेत गरिएको थियो। सभामा संस्थाकी संस्थापक अध्यक्ष राधा सिलवाल, पूर्वअध्यक्ष भगवती अधिकारी, ईन्दिरा रायामाझी, विष्णुमाया अधिकारी र पुष्पाकुमारी राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको हो। आमा समूहले सञ्चालित आर्थिक बचत कार्यक्रममा असल ऋणीका रूपमा उषा राई (उर्मीला)लाई प्रशंसा–पत्रद्वारा सम्मान गरिएको थियो। संस्थाले बचत कार्यक्रमअन्तर्गत तीन वर्षमा जम्मा ५८ लाख रुपैयाँ संकलन गरी १०८ जना सदस्यलाई वितरण गरेको जनाएको छ। समूहका सदस्यहरूले मासिक १ हजार रुपैयाँ बचत र ५ हजार रुपैयाँ शेयर जम्मा गरेर…
बाहुनडाँगी। झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ औपचारिक रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। प्रारम्भिक चरणमा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट र कम्प्युटर साइन्स विषयमा अध्यापन सुरु गरिने विद्यालयले जानकारी दिएको छ। https://youtu.be/lCi6eaeLiAc एकेडेमीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका निर्देशक बद्री निरौला, एकेडेमिक निर्देशक प्रोफेसर हेमराज कार्की, मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, झापा जिल्ला शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल, अभिभावक, संघसंस्थाका प्रतिनिधि तथा शिक्षासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै निर्देशक बद्री निरौलाले श्री विद्या विकास एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम, आत्मविश्वासी र व्यवहारिक सीपयुक्त विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको बताए ।…