Skip to main content

Purbi Garjan

विद्या विकास एकेडेमीमा कक्षा ११ सञ्चालन, व्यवस्थापन संकायअन्तर्गत आधुनिक विषयहरू पढाइने

बाहुनडाँगी। झापाको मेचीनगर–४ मा अवस्थित श्री विद्या विकास एकेडेमीले आगामी शैक्षिक सत्रदेखि कक्षा ११ औपचारिक रूपमा सञ्चालन गर्ने घोषणा गरेको छ। प्रारम्भिक चरणमा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्टकम्प्युटर साइन्स विषयमा अध्यापन सुरु गरिने विद्यालयले जानकारी दिएको छ।

एकेडेमीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा विद्यालयका निर्देशक बद्री निरौला, एकेडेमिक निर्देशक प्रोफेसर हेमराज कार्की, मेचीनगर–४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, झापा जिल्ला शिक्षक संघका अध्यक्ष तोयानाथ दाहाल, अभिभावक, संघसंस्थाका प्रतिनिधि तथा शिक्षासम्बद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै निर्देशक बद्री निरौलाले श्री विद्या विकास एकेडेमीले गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम, आत्मविश्वासी र व्यवहारिक सीपयुक्त विद्यार्थी उत्पादन गर्ने लक्ष्य लिएको बताए ।

त्यस्तै, एकेडेमिक निर्देशक प्रो. हेमराज कार्कीले विद्यालयले समसामयिक आवश्यकताअनुसार शिक्षण पद्धतिमा नवप्रवर्तन गर्दै, स्तरीय शैक्षिक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

आधुनिक विषयगत संरचना

एकेडेमीले सुरु गर्न लागेको विषयहरू यस्तो छन्:

होटल म्यानेजमेन्ट: आतिथ्य व्यवस्थापन, ग्राहक सेवा, खाना–पेय पदार्थ सेवा, पर्यटन व्यवस्थापन आदिमा व्यवहारिक तालिम समावेश गरिनेछ।

कम्प्युटर साइन्स: प्रोग्रामिङ, वेब डिजाइन, कम्प्युटर प्रणाली सञ्चालन तथा सूचना प्रविधिमा आधारित तालिम दिइनेछ।

प्रो. कार्कीका अनुसार, “यी विषयहरू विद्यार्थीलाई प्रतिस्पर्धी बनाउँदै रोजगारीमुखी तथा उद्यमशीलता प्रवर्द्धन गर्ने लक्ष्यले सुरु गरिएका हुन्।”

हाल एकेडेमीमा ५२५ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयले आधारभूतदेखि माध्यमिक तहसम्मको शिक्षामा सफल यात्रा तय गर्दै आएको छ। कक्षा ११ को सञ्चालनसँगै विद्यालयले झापामा उत्कृष्ट उच्च माध्यमिक शिक्षाको केन्द्रको रूपमा स्थापित हुने विश्वास लिएको छ।

विद्यालयले चाँडै भर्ना प्रक्रिया सुरु गर्ने जनाएको छ र इच्छुक विद्यार्थी तथा अभिभावकहरूलाई समयमै सम्पर्क गर्न आग्रह गरिएको छ।

कार्यक्रमको सभापतित्व विद्यालयका निर्देशक बद्री निरौलाले गरेका थिए भने सहजीकरण एकेडेमिक निर्देशक प्रो. हेमराज कार्की र सञ्चालन सहायक प्रिन्सिपल विनोद प्रधानले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali