Skip to main content

Purbi Garjan

धुलाबारीमा भोलिबाट ‘प्रथम मेचीनगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता’ सुरु

धुलाबारी, झापा । पासाङ ल्हामू ब्याडमिन्टन क्लब, मेचीनगर–१० को आयोजनामा ‘प्रथम मेचीनगर वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता’ भोलिदेखि (शुक्रबार) धुलाबारीमा सुरु हुँदैछ।

‘खेल खेलौं, स्वस्थ बनौं’ भन्ने नारासहित सञ्चालन हुने दुई दिने प्रतियोगिता धुलाबारी टाउनहलमा हुनेछ। क्लबका अध्यक्ष कमल कुमार राउतका अनुसार प्रतियोगितामा मेचीनगरका विभिन्न वडाबाट १८ वटा सिनियर टिम सहभागी हुनेछन्। साथै, ५ वटा जुनियर टिमले पनि प्रतिस्पर्धा गर्ने खेल संयोजक विष्णु तामाङले जानकारी दिए।

प्रतियोगितामा जुनियरतर्फका विजेतालाई ट्रफी, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिनेछ। सिनियरतर्फ प्रथम हुने टिमले ११ हजार रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रोले ७ हजार र तेस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछ।

खेलमा सहभागी हुन मेचीनगर नगरबासी वा त्यहाँ कार्यरत कर्मचारी हुनुपर्ने शर्त राखिएको छ। प्रतियोगिता ब्याडमिन्टनको अन्तर्राष्ट्रिय नियमअनुसार सञ्चालन गरिने आयोजक समितिका सचिव युवराज चुडालले बताए।

प्रतियोगिताको मुख्य प्रायोजक वडा नं. १० कार्यालय रहेको छ भने वडा नं. ९ सहप्रायोजकको रूपमा रहेको छ। साथै, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र ग्लोबल आइएमई बैंक धुलाबारी शाखा सहयोगी संस्थाका रूपमा रहेका छन्। मेडिकल पार्टनरको रूपमा हलेसी मेडिकल हलले साथ दिएको छ।

प्रतियोगिताको उद्घाटन कार्यक्रम शुक्रबार बिहान ७ बजे सुरु हुनेछ भने समापन शनिबार गरिनेछ। प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्न सबै तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali