Skip to main content

Purbi Garjan

अन्तर पालिका क्रिकेट : उद्घाटन खेलमा इलामको विजयी शुरुआत

काकडभिट्टा, झापा — मेचीनगर नगरपालिकाको आयोजनामा काकडभिट्टा माविको खेलमैदानमा आजबाट सुरु भएको प्रदेशस्तरिय अन्तर पालिका टि–ट्वान्टी छात्र क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा इलामले बेलबारी क्रिकेट क्लबलाई डिएल मेथोडमार्फत २ रनले पराजित गर्दै विजयी शुरुआत गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको इलामले निर्धारित १५ ओभरमा ६ विकेट गुमाउँदै ११० रन बनायो। खेम खत्रीले १० बलमा सर्वाधिक २४ रन बनाए भने आयुष बस्नेतले २७ बलमा २४ रन जोडे। त्यस्तै उसाल खाजुमले २४ बलमा २२ र कप्तान नसिभ दुलालले १६ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बेलबारीतर्फ सुशान्त न्यौपानेले २ विकेट लिँदा राजिव भण्डारी र कोशिश कार्कीले समान १/१ विकेट हात पारे।

जवाफी ब्याटिङमा उत्रिएको बेलबारीले ७.५ ओभरमा २ विकेट गुमाउँदै ५० रन बनाएको अवस्थामा वर्षा बाधक बन्यो। डिएल मेथोड अनुसार इलाम २ रनले विजयी घोषित भयो। वर्षा अघि बेलबारीका प्रशान्त न्यौपानेले १७ बलमा ३ छक्का र ३ चौकासहित अविजित ३४ रन बनाइरहेका थिए। क्रिजमा उनीसँगै निकास घिमिरे रहेका थिए।

इलामका लागि खेम खत्री र अंकित विकले समान १/१ विकेट लिए। खेलअघि वर्षाका कारण खेल १५ ओभरमा झारिएको थियो।

कोशी प्रदेशका ६ वटा नगरपालिकाका टोलीहरूको सहभागिता रहेको प्रतियोगिताको संयोजक पूर्व राष्ट्रिय क्रिकेटर तथा यु–१६ टिमका प्रशिक्षक रहेका लाक्पा लामा छन्।

मेचीनगर खेलकुद विकास समितिको संयोजनमा सञ्चालित प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali