Skip to main content

Purbi Garjan

धमाधम एमाले परित्याग: मेचीनगरका नेता ऋषि तिम्सिनासमेत बाहिरिए

मेचीनगर, झापा — पछिल्लो समय नेकपा (एमाले) भित्र नेतृत्वप्रति असन्तुष्टि र राजनीतिक वितृष्णा बढ्दै गएसँगै नेताकार्यकर्ताले धमाधम पार्टी परित्याग गर्न थालेका छन्। ‘जरा अभियान’मार्फत संगठन विस्तारको प्रयासमा जुटेको एमालेका लागि यो क्रम चिन्ताजनक बन्दै गएको छ।

झण्डै एक महिना अघि एमालेका पुराना नेता अशोक सुब्बाले ४ दशक लामो राजनीतिक यात्रा टुंग्याउने घोषणा गर्दै एमाले परित्याग गरेका थिए। पार्टी त्यागसँगै सुब्बा निकट कार्यकर्ताहरु पनि निष्क्रिय बनेका थिए।

हिजो मात्रै, नेकपा एमालेका अर्का युवा नेता तथा मेची उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष ऋषि तिम्सिनाले सामाजिक सञ्जालमार्फत पार्टी परित्यागको घोषणा गरेका छन्। पार्टीभित्र सधैँ इमान्दार, शालिन र व्यवहारकुशल नेताको छवि बनाएका तिम्सिनाको यो निर्णयले मेचीनगरमा एमाले संगठनभित्र हलचल सिर्जना गरेको छ।

ऋषिले फेसबुकमार्फत जारी वक्तव्यमा लेखेका छन्:

“आज म एक गहिरो सोच, स्वमूल्यांकन र अनुभवको आधारमा नेकपा (एमाले) पार्टीबाट अलग भएको औपचारिक घोषणा गर्दछु।”

 

राजनीतिक वातावरणप्रति गहिरो असन्तुष्टि व्यक्त गर्दै उनले पार्टी त्यागको मुख्य कारण वर्तमान राजनीतिक वितृष्णा भएको उल्लेख गरेका छन्। उनले थपे:

“पार्टीको राजनीतिक कार्ययात्रामा साथ र सहयोग गर्ने सबै मित्र, शुभचिन्तक तथा सञ्चारकर्मीप्रति आभार व्यक्त गर्दछु। आगामी दिनमा अन्य असल कर्ममा सधैं तपाईंहरूसँग हातेमालो गर्दै अगाडि बढ्ने नै छु।”

 

सामाजिक–आर्थिक रूपान्तरणका एजेन्डा बोकेर युवा नेतृत्वको पक्षपोषण गर्दै आएका तिम्सिनाले २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट उपप्रमुख पदको आकांक्षा राखेका थिए। उद्योगी–व्यापारी समुदायमा लोकप्रिय तिम्सिनाले अबको लक्ष्य २०८४ को निर्वाचन हुन सक्ने अनुमान उनी निकट स्रोतले गरेको छ।

यद्यपि, तिम्सिनाको यो निर्णयले मात्र पार्टीमा तरंग ल्याएको छैन। स्रोतका अनुसार, उनका साथसाथै अन्य नेताकार्यकर्ताहरू पनि पार्टी परित्यागको तयारीमा छन्।

एमालेभित्रको यो क्रमले आगामी दिनमा झनै ठूलो प्रभाव पार्ने आँकलन गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali