Skip to main content

Purbi Garjan

काँकरभिट्टामा हतियार सहित एक भारतीय नागरिक पक्राउ

मेचीनगर, झापा । प्रहरीले झापाको मेचीनगर–६ स्थित काँकरभिट्टा बसपार्कबाट हतियार सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

मंगलबार साँझ ७:२० बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले प्राप्त गोप्य सूचनाको आधारमा भारतको पश्चिम बङ्गाल, दुर्गानगर सिलिगुडी निवासी अन्दाजी ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई नियन्त्रणमा लिएको हो।

पाठक सवार WB 70 G 3232 नम्बरको TUV300 मोडलको कार चेकजाँच गर्दा चालक सिटमुनि लुकाइएको अवस्थामा ‘STAR RX (IN XAMPL CO2 001907 4.5 MM) MAKE IN INDIA’ लेखिएको म्याग्जिनसहितको कालो रंगको एयर पेस्तोल जस्तो देखिने एक थान हतियार फेला परेको प्रहरीले जनाएको छ।

उक्त पेस्तोलमा प्रयोग हुने ५ थान एयर बुलेट जस्तो देखिने गोलीहरू म्याग्जिनमा भेटिएको जनाइएको छ। त्यसैगरी सवारी साधनको चालक सिटको बायाँपट्टि दुवै साइडमा लुकाएर राखिएको अवस्थामा दुई थान खुकुरी पनि बरामद गरिएको छ।

पाठकको साथबाट REDMI र SAMSUNG कम्पनीका गरी दुई थान मोबाइल, परिचय खुल्ने कागजातहरू र गाडीको आरसी बुकसमेत फेला परेको प्रहरीले जानकारी दिएको छ।

पक्राउ परेका जय प्रकाश कुमार पाठकलाई हाल इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali