Skip to main content

Purbi Garjan

अर्जुनधारामा गाँजासहित दुई जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकबाट लाऔ गाँजासहित दुई जना पक्राउ परेका छन्।

असार १२ गते दिउँसो ४:३० बजे जिल्ला प्रहरी कार्यालय झापाको शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक उमेश श्रेष्ठको टोलीले गोप्य सूचनाका आधारमा अमृत माया लिम्बुको घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो।

अर्जुनधारा–६ निवासी ५९ वर्षीया लिम्बुको घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम लाऔ गाँजा फेला परेको प्रहरीको भनाइ छ। त्यस्तै, सोही ठाउँमा रहेका जिल्ला इलाम, इलाम नगरपालिका–१२ स्यानाङ्बाका २० वर्षीय रोशन भट्टराईको साथबाट थप ६ ग्राम ६३० मिलिग्राम लागुऔषध फेला परेको थियो। भट्टराई हाल अर्जुनधारा–१ मा निर्माणाधीन झुलुङ्गे पुलमा काम गर्दै आइरहेका थिए।

दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali