Skip to main content

Purbi Garjan

अर्जुनधारामा गाँजासहित दुई जना पक्राउ

झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकबाट लाऔ गाँजासहित दुई जना पक्राउ परेका छन्।

असार १२ गते दिउँसो ४:३० बजे जिल्ला प्रहरी कार्यालय झापाको शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक उमेश श्रेष्ठको टोलीले गोप्य सूचनाका आधारमा अमृत माया लिम्बुको घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो।

अर्जुनधारा–६ निवासी ५९ वर्षीया लिम्बुको घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम लाऔ गाँजा फेला परेको प्रहरीको भनाइ छ। त्यस्तै, सोही ठाउँमा रहेका जिल्ला इलाम, इलाम नगरपालिका–१२ स्यानाङ्बाका २० वर्षीय रोशन भट्टराईको साथबाट थप ६ ग्राम ६३० मिलिग्राम लागुऔषध फेला परेको थियो। भट्टराई हाल अर्जुनधारा–१ मा निर्माणाधीन झुलुङ्गे पुलमा काम गर्दै आइरहेका थिए।

दुवै जनालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको छ र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali