बिर्तामोड, झापा । झापाको बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल छेउमा रहेको एक चिया–नास्ता पसलमा आगलागी भएको छ। बलभद्र प्रसाईद्वारा सञ्चालित टिनको छानो र टिनको बेरा भएको भुईँतले पसलमा करिब ४ बजे आगो लागेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पसल संचालककी श्रीमती ३८ वर्षीया सोईता प्रसाईले मादक पदार्थ सेवन गरेर श्रीमानसँग झगडा गरेपछि पेट्रोल छर्की आगो लगाएको खुलेको छ। आगलागी गरेपछि उनी फरार रहेको जनाइएको छ। घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएको थियो। स्थानीयवासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा करिब ४:२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो। आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिज लगायत पसलभित्र रहेका सामग्री जलेर करिब…
झापा । झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकबाट लाऔ गाँजासहित दुई जना पक्राउ परेका छन्। असार १२ गते दिउँसो ४:३० बजे जिल्ला प्रहरी कार्यालय झापाको शनिश्चरे प्रहरी चौकीबाट खटिएको प्रहरी नायब निरीक्षक उमेश श्रेष्ठको टोलीले गोप्य सूचनाका आधारमा अमृत माया लिम्बुको घरमा छापा मारेर ठूलो परिमाणमा लागुऔषध बरामद गरेको हो। अर्जुनधारा–६ निवासी ५९ वर्षीया लिम्बुको घर खानतलासी गर्दा १ केजी ८८२ ग्राम लाऔ गाँजा फेला परेको प्रहरीको भनाइ छ। त्यस्तै, सोही ठाउँमा रहेका जिल्ला इलाम, इलाम नगरपालिका–१२ स्यानाङ्बाका २० वर्षीय रोशन भट्टराईको साथबाट थप ६ ग्राम ६३० मिलिग्राम लागुऔषध फेला परेको थियो। भट्टराई हाल अर्जुनधारा–१ मा निर्माणाधीन झुलुङ्गे पुलमा काम…
बिर्तामोड । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङले आफ्नो घरअगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेलेर बस्ने होइन, सहकार्य गर्नुपर्ने बताएका छन्। उनले विरोधका नाममा विरोध गर्ने प्रवृत्ति हावी हुँदै गएको भन्दै स्थानीयलाई विकासमा सक्रिय भूमिका खेल्न आग्रह गरेका हुन्। बिहीबार अर्जुनधारा नगरपालिका–३, खुदुनावारीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मेयर तामाङले विकास सबैको साझा दायित्व भएको बताए। “घरअगाडि कालोपत्रे भइरहेको छ, तर सचेत युवाहरू क्यारेम खेलिरहेका छन्। पछि भने फेसबुकमा लेख्छन् – नगरपालिकाले केही गरेन,” उनले गुनासो गरे। “त्यस्ता युवालाई पाहुनाजस्तै बोलाएर काममा लगाउनुपर्छ,” उनले थपे। नगर क्षेत्रभित्र भइरहेको विकास निर्माणमा नागरिकको चासो र निगरानी अपरिहार्य रहेको उल्लेख…