Skip to main content

Purbi Garjan

बिर्तामोडमा आगलागीः श्रीमानसँगको झगडा पछि पसलमा आगो लगाई श्रीमती फरार

बिर्तामोड, झापा । झापाको बिर्तामोड नगरपालिका–१ स्थित बिर्तासिटी अस्पताल छेउमा रहेको एक चिया–नास्ता पसलमा आगलागी भएको छ। बलभद्र प्रसाईद्वारा सञ्चालित टिनको छानो र टिनको बेरा भएको भुईँतले पसलमा करिब ४ बजे आगो लागेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार, पसल संचालककी श्रीमती ३८ वर्षीया सोईता प्रसाईले मादक पदार्थ सेवन गरेर श्रीमानसँग झगडा गरेपछि पेट्रोल छर्की आगो लगाएको खुलेको छ। आगलागी गरेपछि उनी फरार रहेको जनाइएको छ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिर्ताबजारबाट प्रहरी टोली खटिएको थियो। स्थानीयवासी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा करिब ४:२० बजे आगो पूर्णरुपमा नियन्त्रणमा आएको थियो।

आगलागीबाट खाजा–नास्ता, भाँडाकुँडा, फ्रिज लगायत पसलभित्र रहेका सामग्री जलेर करिब २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।

फरार महिलाको खोजीका लागि प्रहरी सक्रिय रूपमा अनुसन्धानमा जुटिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali