Skip to main content

Purbi Garjan

घरअगाडि कालोपत्रे हुँदै गर्दा क्याराम र लुँडो खेलेर बस्ने होइन, सहकार्य गर्नु : बलदेव

बिर्तामोड । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङले आफ्नो घरअगाडि कालोपत्रे हुँदै गर्दा क्यारेम र लुडो खेलेर बस्ने होइन, सहकार्य गर्नुपर्ने बताएका छन्। उनले विरोधका नाममा विरोध गर्ने प्रवृत्ति हावी हुँदै गएको भन्दै स्थानीयलाई विकासमा सक्रिय भूमिका खेल्न आग्रह गरेका हुन्।

बिहीबार अर्जुनधारा नगरपालिका–३, खुदुनावारीमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मेयर तामाङले विकास सबैको साझा दायित्व भएको बताए। “घरअगाडि कालोपत्रे भइरहेको छ, तर सचेत युवाहरू क्यारेम खेलिरहेका छन्। पछि भने फेसबुकमा लेख्छन् – नगरपालिकाले केही गरेन,” उनले गुनासो गरे। “त्यस्ता युवालाई पाहुनाजस्तै बोलाएर काममा लगाउनुपर्छ,” उनले थपे।

नगर क्षेत्रभित्र भइरहेको विकास निर्माणमा नागरिकको चासो र निगरानी अपरिहार्य रहेको उल्लेख गर्दै उनले भने, “आफ्नो वडामा के भइरहेको छ, त्यसमा कमैले चासो दिएका छन्। काम नदेख्ने, नकारात्मक कुरा मात्र फैलाउने प्रवृत्ति गैरजिम्मेवार नागरिकता हो।”

खोला दोहनको सन्दर्भमा मेयर तामाङले नागरिक स्वयंले खबरदारी गर्नुपर्ने बताए। “खोला दोहन भइरहेको छ भने मेयर आउनुपर्छ भन्ने सोच बदल्नुपर्छ,” उनले भने, “त्यस्तो अवस्थामा नागरिकले अघि सर्नुपर्छ, नगरपालिका सधैँ सहयोग गर्न तयार छ।”

विकास प्रक्रिया बिस्तारै भए पनि निरन्तर भइरहेका कामको संरक्षणमा सबैले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।

विरिङ पुल निर्माणसम्बन्धी जिज्ञासामा उनले प्रधानमन्त्री तथा भौतिक पूर्वाधार मन्त्रीसमक्ष पुगेर तत्काल निर्माणको लागि पहल गरिरहेको जानकारी दिए। “पुल निर्माण मेरी प्राथमिकता हो, म आफैँ पनि चाँडो बनोस् भन्ने चाहन्छु,” उनले भने।

कार्यक्रममा उपमेयर खड्गमाया पराजुली, प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमाल, वडा नं. ३ का अध्यक्ष सिताराम भट्टराईलगायतले पनि सार्वजनिक जिज्ञासाको उत्तर दिएका थिए।

सार्वजनिक सुनुवाइमा सहभागीहरूले ट्रिपरमा टाइम कार्ड लागू गर्ने, टोल विकास संस्था तथा खेलकुद समिति गठन गर्ने, बजारमा प्रभावकारी अनुगमन गर्ने, ऐलानी जग्गा, सडक बत्ती, अनुदान सूचना, चुनावी घोषणाको कार्यान्वयन लगायतका विविध विषयमा सुझाव राखेका थिए।

कार्यक्रम अर्जुनधारा नगरपालिकाको आयोजनामा इजलास मिडिया प्रालिको सहजीकरणमा सम्पन्न भएको हो। कार्यक्रममा वडास्तरमा संकलित नागरिक अभिमत तथा बहिर्गमन सर्वेक्षणको नतिजा संयोजक प्रदीप परियारले सार्वजनिक गरेका थिए भने सहजीकरण विजय तिम्सिनाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali