Skip to main content

Purbi Garjan

रौनकको शतकमा नेपालद्वारा भुटानविरुद्ध ३५८ रनको विशाल स्कोर

मलेसिया । रौनक श्रीवास्तवको सानदार शतकसहित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा भुटानविरुद्ध ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको छ। भुटानलाई उच्च लक्ष्य प्रस्तुत गरेको नेपालले यसअघिका प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको विस्फोटक पारी खेले।
शिवान्शं बजगाईंले ५४, सुगम बुढाथोकीले ३५ र जोय थापाले अविजित ६१ रन बनाए। नेपालको सुरुवात कमजोर भए पनि रौनकले तीनवटा साझेदारी मार्फत स्कोर उकासे।

भुटानका लागि संजय दोर्जेले ३ विकेट लिए। समूह ‘ए’ को सबै खेल जित्दै नेपाल सेमिफाइनलमा पुगिसकेको छ। भुटान भने सबै खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाल गत संस्करणको च्याम्पियन हो र यसपटक पनि फाइनलको प्रवल दाबेदार मानिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali