Skip to main content

Purbi Garjan

रौनकको शतकमा नेपालद्वारा भुटानविरुद्ध ३५८ रनको विशाल स्कोर

मलेसिया । रौनक श्रीवास्तवको सानदार शतकसहित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा भुटानविरुद्ध ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको छ। भुटानलाई उच्च लक्ष्य प्रस्तुत गरेको नेपालले यसअघिका प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको छ।

टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको विस्फोटक पारी खेले।
शिवान्शं बजगाईंले ५४, सुगम बुढाथोकीले ३५ र जोय थापाले अविजित ६१ रन बनाए। नेपालको सुरुवात कमजोर भए पनि रौनकले तीनवटा साझेदारी मार्फत स्कोर उकासे।

भुटानका लागि संजय दोर्जेले ३ विकेट लिए। समूह ‘ए’ को सबै खेल जित्दै नेपाल सेमिफाइनलमा पुगिसकेको छ। भुटान भने सबै खेल हारेपछि प्रतियोगिताबाट बाहिरिएको छ।
नेपाल गत संस्करणको च्याम्पियन हो र यसपटक पनि फाइनलको प्रवल दाबेदार मानिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali