मलेसिया। रौनक श्रीवास्तवको विस्फोटक शतकको मद्दतमा नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौथो जित निकालेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको विशाल योगफल खडा गर्यो। नेपालको सुरुआत कमजोर रहँदा १७ रनमै २ ओपनर आउट भए पनि त्यसपछि रौनकले पारी सम्हाले। रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको मद्दतले १ सय ६८ रनको शान्दार शतकीय इनिङ्स खेले। उनले शिवान्शं बजगाईं (५४), सुगम बुढाथोकी (३५) र जोय थापा (६१*) सँग क्रमशः महत्वपूर्ण साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा…
काठमाडौं । हालै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामती विधेयकसँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति समितिले खण्डन गरेको छ। समितिका सभापति रामहरि खतिवडाले एक प्रेस वक्तव्य जारी गर्दै पूर्व निजामती कर्मचारीलाई पुनः सरकारी सेवामा नियुक्ति दिनेबारे फैलाइएको प्रचारप्रति आपत्ति जनाएका छन्। वक्तव्यमा उल्लेख छ, “निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिईसकेका वा अवकाश प्राप्त कर्मचारीले सेवाबाट अवकाश भएपछि प्राप्त सेवा सुविधा फिर्ता नगरी कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउन सक्दैनन्।” प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विधेयकसम्बन्धी भ्रम फैलाइएको उल्लेख गर्दै यस प्रकारको क्रियाकलापले समाजमा अन्योल उत्पन्न गराउने र समितिको कामप्रति अविश्वास फैलाउने प्रयास…
मलेसिया । रौनक श्रीवास्तवको सानदार शतकसहित नेपालले एसिसी यु-१६ इस्ट जोन कपमा भुटानविरुद्ध ५० ओभरमा ५ विकेट गुमाउँदै ३५८ रन बनाएको छ। भुटानलाई उच्च लक्ष्य प्रस्तुत गरेको नेपालले यसअघिका प्रतियोगितामा समेत उत्कृष्ट प्रदर्शन गर्दै आएको छ। टस जितेर ब्याटिङ रोजेको नेपालका लागि रौनकले १३२ बलमा १६ चौका र ५ छक्कासहित १६८ रनको विस्फोटक पारी खेले। शिवान्शं बजगाईंले ५४, सुगम बुढाथोकीले ३५ र जोय थापाले अविजित ६१ रन बनाए। नेपालको सुरुवात कमजोर भए पनि रौनकले तीनवटा साझेदारी मार्फत स्कोर उकासे। भुटानका लागि संजय दोर्जेले ३ विकेट लिए। समूह ‘ए’ को सबै खेल जित्दै नेपाल सेमिफाइनलमा पुगिसकेको छ। भुटान भने सबै खेल…
प्रविण अधिकारी झापा । बहुचर्चित एसियन हाइवे अन्तर्गत काकडभिट्टा–लौकही सडकखण्ड निर्माणका क्रममा देखिएको चरम लापरबाहीले दैनिक हजारौं यात्रु सास्तीमा परिरहेका छन्। सम्झौताअनुसारको मापदण्डलाई बेवास्ता गर्दै कम्पनीले सडक निर्माणलाई उपहास बनाएको छ, जसको मार यात्रु र स्थानीय बासिन्दाले दिनहुँ भोग्नुपरेको छ। निर्माण क्षेत्रमा अहिले धुलोको महामारी फैलिएको छ। सडकमा यात्रा गर्नु भनेको श्वास फेर्नै नसकिने गरी धुलोमा गाडिनु हो। पानी छर्कने त कुरै परोस्, निर्माण कम्पनी यात्रुको ज्यान जोखिममा पारेर आफ्ना जिम्मेवारीबाट स्पष्ट रूपमा पन्छिएको देखिन्छ। स्कुल जाने बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित छन्। स्थानीय बासिन्दा र सवारी चालकहरूका अनुसार, अत्यधिक धुलो, खाल्डाखुल्डी र असुरक्षित डाइभर्सनका कारण दैनिकजसो दुर्घटनाको…