Skip to main content

Purbi Garjan

रौनकको शतकमा नेपालको शानदार जित, भुटान २९८ रनले पराजित

मलेसिया। रौनक श्रीवास्तवको विस्फोटक शतकको मद्दतमा नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपमा भुटानलाई २ सय ९८ रनको फराकिलो अन्तरले पराजित गर्दै लगातार चौथो जित निकालेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५८ रनको विशाल योगफल खडा गर्‍यो। नेपालको सुरुआत कमजोर रहँदा १७ रनमै २ ओपनर आउट भए पनि त्यसपछि रौनकले पारी सम्हाले।

रौनकले १ सय ३२ बलमा १६ चौका र ५ छक्काको मद्दतले १ सय ६८ रनको शान्दार शतकीय इनिङ्स खेले। उनले शिवान्शं बजगाईं (५४), सुगम बुढाथोकी (३५) र जोय थापा (६१*) सँग क्रमशः महत्वपूर्ण साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्‍याए।

जवाफी ब्याटिङमा उत्रिएको भुटान ३२.४ ओभरमै ६० रनमा समेटियो। भुटानका अन्तिम ब्याटर क्रिजमा नआएपछि नेपाल सहजै विजयी भयो। भुटानका सुजन दावा १४ रन बनाउँदै टिमका सर्वाधिक स्कोरर बने। अन्य खेलाडी दोहोरो अंकमा पुग्न सकेनन्।

नेपालका कप्तान विपिनप्रसाद शर्माले १० ओभरमा मात्र ७ रन खर्चिएर ४ विकेट लिए। सचिन भट्ट र सुयोग भट्टराईले समान २–२ विकेट लिए।

यसअघि नै सेमिफाइनल प्रवेश गरिसकेको नेपालले समूह चरणका सबै ४ खेल जित्दै अपराजित यात्रा तय गर्‍यो। सिंगापुर समूह ‘ए’ बाट दोस्रो हुँदै सेमिफाइनल पुगेको छ। भुटान भने सबै खेल हार्दै अंकविहीन रह्यो।

प्रतियोगितामा १० राष्ट्र सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल, सिंगापुर, जापान, इन्डोनेसिया र भुटान समूह ‘ए’ मा थिए। आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, म्यानमार र थाइल्याण्ड समूह ‘बी’ मा परेका थिए।

नेपालले अब बिहीवार (असार १९) सेमिफाइनलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। हङकङ समूह ‘बी’ को विजेता बनेको छ। प्रतियोगिताको फाइनल ५ जुलाई (असार २१) मा हुनेछ।

नेपाल यस प्रतियोगिताको साविक विजेता समेत हो। सन् २०२३ मा नेपालले मलेसियालाई हराउँदै उपाधि जितेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali