Skip to main content

Purbi Garjan

निजामती सेवामा पुनः नियुक्तिबारे अफवाह: समितिको खण्डन

काठमाडौं । हालै राज्य व्यवस्था तथा सुशासन समितिले पारित गरेको निजामती विधेयकसँग सम्बन्धित विषयमा सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति समितिले खण्डन गरेको छ। समितिका सभापति रामहरि खतिवडाले एक प्रेस वक्तव्य जारी गर्दै पूर्व निजामती कर्मचारीलाई पुनः सरकारी सेवामा नियुक्ति दिनेबारे फैलाइएको प्रचारप्रति आपत्ति जनाएका छन्।

वक्तव्यमा उल्लेख छ, “निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिईसकेका वा अवकाश प्राप्त कर्मचारीले सेवाबाट अवकाश भएपछि प्राप्त सेवा सुविधा फिर्ता नगरी कुनै पनि संवैधानिक वा सरकारी नियुक्ति पाउन सक्दैनन्।”

प्रेस विज्ञप्तिमा केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा विधेयकसम्बन्धी भ्रम फैलाइएको उल्लेख गर्दै यस प्रकारको क्रियाकलापले समाजमा अन्योल उत्पन्न गराउने र समितिको कामप्रति अविश्वास फैलाउने प्रयास भएको उल्लेख गरिएको छ।

समितिले स्पष्ट पारेको छ कि उक्त विधेयक लामो छलफलपश्चात संसद्मार्फत पारित गरिएको हो र यो सर्वथा विधिसम्मत रहेको जनाएको छ। साथै, समितिले यस विषयमा आम नागरिक र सञ्चारकर्मीलाई तथ्यमा आधारित सूचनाको आधारमा प्रतिक्रिया जनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali