Skip to main content

Purbi Garjan

एसियन हाइवे निर्माणमा चरम लापरबाही, एम्बुसजस्तै छन् डाइभर्सन

प्रविण अधिकारी 

झापा । बहुचर्चित एसियन हाइवे अन्तर्गत काकडभिट्टा–लौकही सडकखण्ड निर्माणका क्रममा देखिएको चरम लापरबाहीले दैनिक हजारौं यात्रु सास्तीमा परिरहेका छन्। सम्झौताअनुसारको मापदण्डलाई बेवास्ता गर्दै कम्पनीले सडक निर्माणलाई उपहास बनाएको छ, जसको मार यात्रु र स्थानीय बासिन्दाले दिनहुँ भोग्नुपरेको छ।

धुलाम्य सडकमा गन्तव्य तर्फ जाँदै यात्रु

निर्माण क्षेत्रमा अहिले धुलोको महामारी फैलिएको छ। सडकमा यात्रा गर्नु भनेको श्वास फेर्नै नसकिने गरी धुलोमा गाडिनु हो। पानी छर्कने त कुरै परोस्, निर्माण कम्पनी यात्रुको ज्यान जोखिममा पारेर आफ्ना जिम्मेवारीबाट स्पष्ट रूपमा पन्छिएको देखिन्छ। स्कुल जाने बालबालिका, वृद्धवृद्धा र बिरामीहरू सबैभन्दा बढी प्रभावित छन्।

कालीखोला डाइभर्सन नजिकै दुर्घटनामा परेको ट्याक्टर ।

स्थानीय बासिन्दा र सवारी चालकहरूका अनुसार, अत्यधिक धुलो, खाल्डाखुल्डी र असुरक्षित डाइभर्सनका कारण दैनिकजसो दुर्घटनाको जोखिम बढिरहेको छ। विशेषगरी मोटरसाइकल, स्कुटर र एम्बुलेन्स सवारहरूका लागि त यो सडक एम्बुसजस्तै खतरनाक बन्दै गएको छ।

डाइभर्सन निर्माण भए तापनि ती न सुदृढ छन्, न त पानी हालिन्छ। संकेत वा चेतावनी दिने बोर्डहरू समेत स्पस्ट देखिने गरी नराखिएकाले अकस्मात् खाल्डोमा पर्ने, चिप्लिने वा सवारी दुर्घटना हुने घटना सामान्य बनिसकेको छ। दैनिक हजारौं यात्रु धुलोको घातक प्रदूषणमा सास फेर्न बाध्य छन्। आँखा पोल्ने, सास फेर्न गाह्रो हुने, छालामा असर पर्ने समस्या दिनदिनै देखिन थालेको छ।

चाराली सडक खण्डमा धुलोमा यात्रा गर्दै यात्रु

सम्झौतामा ‘पिच सरह डाइभर्सन बनाइने’ भनिए पनि अधिकांश डाइभर्सनहरू साँघुरा, खाल्डाखुल्डीले भरिएका र पूर्णतः असुरक्षित छन् — जनस्वास्थ्य र सुरक्षामाथिको खुला हमला जस्तै। यस्ता अवस्थामा समेत सम्बन्धित सरकारी निकायहरूको मौनताले आम जनमानसमा प्रश्न र शंका उठाएको छ।

बर्खा लागिसकेको छ तर पनि कामको गति अत्यन्तै सुस्त छ। न योजना स्पष्ट छ, न काममा इमानदारी देखिन्छ। बजेट बोक्ने झोला समयमै खोलिए पनि जनताको पीडा देख्ने आँखा कसैसँग छैन। सरकार, सडक विभाग र निगरानी संयन्त्रको मौनताले निर्माण कम्पनीको दलाली प्रवृत्ति अझै बलियो देखिएको छ। झन्डै एक महिना अघि पूर्वी नेपालमा भित्रिएको मनसुनको सुरुको पानीले आधा दर्जनभन्दा बढी डाइभर्सन बगाउँदा यात्रुहरूले दुई दिनसम्म हैरानी बेहोर्नुपरेको थियो।

यता सरकारले बर्खा अघि नै डाइभर्सनको काम सम्पन्न गर्न निर्देशन दिएको देखिए पनि निर्माण कार्य कछुवाको गतिमा भएकाले यो बर्खामा एसियन हाइवे प्रयोग गर्ने यात्रुहरूको बिचल्ली निश्चित देखिन्छ।

अविरल वर्षाले डाइभर्सन बगाएपछि अलपत्र यात्रु

निर्माण कार्यमा भएको चरम लापरबाहीप्रति स्थानीयहरू आक्रोशित छन्। “धुलोमा बाँच्न सकिन्न, डाइभर्सनमा मरिन्छ, सरकारलाई के फरक पर्छ र?” भन्ने आवाज गाउँ–सहरमा सुनिन थालेको छ। ढिलासुस्ती, कमजोर व्यवस्थापन र जनस्वास्थ्यप्रतिको बेवास्ताले एसियन हाइवेको सपना सपनामै सिमित हुने खतरा बढ्दै गएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali