Skip to main content

Purbi Garjan

तीन लाख घुससहित वडाध्यक्ष पक्राउ

रुपन्देही। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई तीन लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ।

आयोगको बुटवलस्थित कार्यालयबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ का श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई नियन्त्रणमा लिएको हो।

आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार वडामा सञ्चालन भइरहेका विभिन्न विकास योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्दै आएका थिए। सोही क्रममा पाण्डेयमार्फत तीन लाख रुपैयाँ लिइसकेको अवस्थामा उनीहरूलाई रंगेहात पक्राउ गरिएको हो।

दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali