Skip to main content

Purbi Garjan

भद्रपुरबाट उद्धार गरिएका सडक मानवको मृत्यु

भद्रपुर। भद्रपुरबाट उद्धार गरी मानव सेवा आश्रम, मेचीनगर पुर्‍याइएका एक सडक मानवको मृत्यु भएको छ।

आइतबार भद्रपुर–१० मा बेवारिसे अवस्थामा हिँडडुल गरिरहेका करीब ५० वर्षीय भुन्टे कुर्मी (वतन नखुलेका) लाई भद्रपुर नगरपालिकाले उद्धार गरी मेचीनगर–४, बाहुनडाँगीस्थित मानव सेवा आश्रममा पठाएको थियो।

उद्धार गरिएको भोलिपल्ट सोमबार दिउँसो ३ बजे आश्रममै सुतेको अवस्थामा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि प्रहरी चौकी बाहुनडाँगी र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट टोली पुगेर कानुनी प्रक्रिया अघि बढाइएको छ।

शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, भद्रपुर पठाइएको छ। प्रारम्भिक जानकारी अनुसार मृतक दुवै मिर्गौला सम्बन्धी रोगबाट पीडित थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali