Skip to main content

Purbi Garjan

काकडभिट्टा नाकाबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालयको परिसरबाट सशस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले एक भारतीय नागरिकलाई प्रतिबन्धित हतियारसहित पक्राउ गरेको छ।

आज असार २४ गते बिहान करिब ८:५० बजे भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्लास्थित जलपाईगुड़ी अन्तर्गत भक्तिनगर सेवक रोड, सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल नामका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अग्रवालले WB 74 AJ 0400 नम्बरको होन्डा स्कुटर चलाइरहेका थिए। स्कुटरको डिक्की भित्र लुकाई छिपाई राखिएको अवस्थामा एक थान एयर पेस्तोल फेला परेको थियो। त्यस्तै, उनले बोकेको साइड ब्याग भित्र प्लास्टिकको पोकोमा सो पेस्तोलमा प्रयोग हुने १८ थान मेटल बुलेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। थप रूपमा, उनको साथबाट चार थान मोबाइल फोन पनि बरामद गरिएको छ।

उक्त हतियार नेपालमा प्रयोगका लागि अनुमति नलिइकन ल्याइएको, प्रतिबन्धित वस्तुमा पर्ने भएकाले निजलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा सो हतियार कहाँबाट कसरी ल्याइएको हो भन्ने विषयमा समेत अनुसन्धान अगाडि बढाइएको छ।

सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट संयुक्त रूपमा खटिएको टोलीले सवारीसाधन र यात्रुहरूको नियमित चेकजाँचको क्रममा उक्त हतियार फेला पारेको हो।

प्रहरीका अनुसार यस प्रकरणमा हातहतियार ऐन अन्तर्गत कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali