Skip to main content

Purbi Garjan

काकडभिट्टा नाकाबाट पेस्तोलसहित भारतीय नागरिक पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालयको परिसरबाट सशस्त्र प्रहरी बल नेपाल र इलाका प्रहरी कार्यालय काँकरभिट्टाको संयुक्त टोलीले एक भारतीय नागरिकलाई प्रतिबन्धित हतियारसहित पक्राउ गरेको छ।

आज असार २४ गते बिहान करिब ८:५० बजे भारतको पश्चिम बंगाल राज्य, दार्जिलिङ जिल्लास्थित जलपाईगुड़ी अन्तर्गत भक्तिनगर सेवक रोड, सिलिगुडी निवासी २५ वर्षीय प्रतिक अग्रवाल नामका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउ परेका अग्रवालले WB 74 AJ 0400 नम्बरको होन्डा स्कुटर चलाइरहेका थिए। स्कुटरको डिक्की भित्र लुकाई छिपाई राखिएको अवस्थामा एक थान एयर पेस्तोल फेला परेको थियो। त्यस्तै, उनले बोकेको साइड ब्याग भित्र प्लास्टिकको पोकोमा सो पेस्तोलमा प्रयोग हुने १८ थान मेटल बुलेट समेत बरामद गरिएको प्रहरीले जनाएको छ। थप रूपमा, उनको साथबाट चार थान मोबाइल फोन पनि बरामद गरिएको छ।

उक्त हतियार नेपालमा प्रयोगका लागि अनुमति नलिइकन ल्याइएको, प्रतिबन्धित वस्तुमा पर्ने भएकाले निजलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा सो हतियार कहाँबाट कसरी ल्याइएको हो भन्ने विषयमा समेत अनुसन्धान अगाडि बढाइएको छ।

सशस्त्र प्रहरी बलको प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट संयुक्त रूपमा खटिएको टोलीले सवारीसाधन र यात्रुहरूको नियमित चेकजाँचको क्रममा उक्त हतियार फेला पारेको हो।

प्रहरीका अनुसार यस प्रकरणमा हातहतियार ऐन अन्तर्गत कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali