Skip to main content

Purbi Garjan

सुनसरीमा गोली हानेर १८ वर्षीया युवतीको हत्या, भिनाजु फरार

सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ। शनिबार राति १ बजेतिर स्थानीय अर्सी खातुनको टाउकोमा गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार अर्सीलाई उनका भिनाजु आजात मिया जटले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आजात मिया भारतीय नागरिक भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, “भिनाजुले गोली हानेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। टाउकोमा गोली प्रहार गरेर उनी भारततर्फ भागेका छन्।”

घटनास्थल भारतसँगको सीमा क्षेत्र नजिकै रहेको र शंकास्पद व्यक्ति सीमापारि भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। घटनापछि प्रहरीको टोली परिचालित भइसकेको र फरार व्यक्तिको खोजी भइरहेको जानकारी तिम्सिनाले दिएका छन्।

युवतीको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali