सुनसरी । सुनसरीको हरिनगर गाउँपालिका–६ घुस्कीमा एक १८ वर्षीया युवतीको गोली प्रहार गरी हत्या गरिएको छ। शनिबार राति १ बजेतिर स्थानीय अर्सी खातुनको टाउकोमा गोली हानेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ। प्रहरीका अनुसार अर्सीलाई उनका भिनाजु आजात मिया जटले गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। आजात मिया भारतीय नागरिक भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार, “भिनाजुले गोली हानेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। टाउकोमा गोली प्रहार गरेर उनी भारततर्फ भागेका छन्।” घटनास्थल भारतसँगको सीमा क्षेत्र नजिकै रहेको र शंकास्पद व्यक्ति सीमापारि भागेको हुनसक्ने आशंका प्रहरीले गरेको छ। घटनापछि प्रहरीको टोली…
झापा । साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ३-२ को हार व्यहोरेको छ। खेलको अन्तिम मिनेटसम्म संघर्षपूर्ण प्रदर्शन गरे पनि इन्ज्युरी समयमा गोल खाँदै नेपाल पराजित भएको हो। पहिलो हाफमै बंगलादेशले २-० को अग्रता बनाएको थियो। खेलको १३औं मिनेटमा सिना जहान शिखाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन्। गंगा रोकायाले क्लियर गर्न खोजेको बललाई शिखाले गोलमा परिणत गरेकी हुन्। नेपालले बराबरीको अवसर पाएको थियो। तर, २८औं मिनेटमा अनिषा राईको फ्रि-किक क्रसबारमा ठोक्किएर फर्किएको थियो। ३६औं मिनेटमा नेपाली गोलकिपर सुजाता तामाङले बल समाउन नसकेपछि सागोरिकाले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन्। दोस्रो हाफको सुरुआतमै नेपालकी सिम्रन…
दमक। प्रधानमन्त्री केपी शर्मा ओली झापा आउँदा दमकस्थित निवास नजिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्ताक्षर संकलन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ। दमक–५ स्थित क्याम्पस मोडमा रास्वपाले सभापति रवि लामिछानेमाथि राज्यले गरेको ‘प्रतिशोधन’ विरुद्ध हस्ताक्षर संकलन गर्दै आएका थिए। प्रधानमन्त्री ओली सवार सवारीको मार्गनजिकै हस्ताक्षर संकलन हुँदै गर्दा प्रहरीले कार्यक्रममा अवरोध पुर्याएको रास्वपा झापा–५ का सभापति भेषराज भट्टराईले बताए। उनका अनुसार रास्वपाका कार्यकर्ता माइक प्रयोग गरी हस्ताक्षर संकलन गरिरहेका बेला प्रहरीले आएर माइक खोसी भाँचिदिएको थियो। "शान्तिपूर्ण रूपमा हस्ताक्षर संकलन गर्दा पनि हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण हो," भट्टराईले भने, "प्रहरीले हामीमाथि दुर्व्यवहारसमेत गर्यो।" तर, जिल्ला प्रहरी कार्यालय झापाले भने यसलाई हस्तक्षेप नभई…