Skip to main content

Purbi Garjan

अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित

झापा । साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ३-२ को हार व्यहोरेको छ। खेलको अन्तिम मिनेटसम्म संघर्षपूर्ण प्रदर्शन गरे पनि इन्ज्युरी समयमा गोल खाँदै नेपाल पराजित भएको हो।

पहिलो हाफमै बंगलादेशले २-० को अग्रता बनाएको थियो। खेलको १३औं मिनेटमा सिना जहान शिखाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन्। गंगा रोकायाले क्लियर गर्न खोजेको बललाई शिखाले गोलमा परिणत गरेकी हुन्।

नेपालले बराबरीको अवसर पाएको थियो। तर, २८औं मिनेटमा अनिषा राईको फ्रि-किक क्रसबारमा ठोक्किएर फर्किएको थियो। ३६औं मिनेटमा नेपाली गोलकिपर सुजाता तामाङले बल समाउन नसकेपछि सागोरिकाले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन्।

दोस्रो हाफको सुरुआतमै नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिका आपसमा झगडामा उत्रिएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाइन्।

नेपालले त्यसपछि पेनाल्टी पाएको थियो। अनिषा राईले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ मा ल्याइन्। खेलको अन्त्यतिर काउन्टर अट्याकमार्फत नेपालले दोस्रो गोल गर्‍यो। पुर्णिमा राईको क्रसमा मिना देउवाले उत्कृष्ट फिनिसिङ गर्दै खेललाई २-२ को बराबरीमा ल्याइन्।

तर, इन्ज्युरी समयको १२औं मिनेटमा तृष्णारानी सरकारले गोल गर्दै बंगलादेशलाई ३-२ को रोमाञ्चक जित दिलाइन्।

चार राष्ट्र सहभागी डबल राउन्ड रोबिन आधारमा भइरहेको च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो। अब नेपालले आफ्नो तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले भने श्रीलंकालाई ९-१ को फराकिलो अन्तरले हराइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापामा गोली चल्यो : खैरो लागूपदार्थसहित दुई जना पक्राउ

झापा । झापाको सालमारा क्षेत्रबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थसहित दुई जना युवा पक्राउ परेका छन्। कात्तिक ११...
काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...
ne_NPNepali