Skip to main content

Purbi Garjan

अन्तिम ३० सेकेन्ड सम्हालिन नसक्दा नेपाल बंगलादेशसँग पराजित

झापा । साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा नेपालले घरेलु टोली बंगलादेशसँग ३-२ को हार व्यहोरेको छ। खेलको अन्तिम मिनेटसम्म संघर्षपूर्ण प्रदर्शन गरे पनि इन्ज्युरी समयमा गोल खाँदै नेपाल पराजित भएको हो।

पहिलो हाफमै बंगलादेशले २-० को अग्रता बनाएको थियो। खेलको १३औं मिनेटमा सिना जहान शिखाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाइन्। गंगा रोकायाले क्लियर गर्न खोजेको बललाई शिखाले गोलमा परिणत गरेकी हुन्।

नेपालले बराबरीको अवसर पाएको थियो। तर, २८औं मिनेटमा अनिषा राईको फ्रि-किक क्रसबारमा ठोक्किएर फर्किएको थियो। ३६औं मिनेटमा नेपाली गोलकिपर सुजाता तामाङले बल समाउन नसकेपछि सागोरिकाले दोस्रो गोल गर्दै बंगलादेशको अग्रता दोब्बर बनाइन्।

दोस्रो हाफको सुरुआतमै नेपालकी सिम्रन राई र बंगलादेशकी सागोरिका आपसमा झगडामा उत्रिएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाएर मैदानबाट बाहिर पठाइन्।

नेपालले त्यसपछि पेनाल्टी पाएको थियो। अनिषा राईले पेनाल्टीमा गोल गर्दै खेललाई २-१ मा ल्याइन्। खेलको अन्त्यतिर काउन्टर अट्याकमार्फत नेपालले दोस्रो गोल गर्‍यो। पुर्णिमा राईको क्रसमा मिना देउवाले उत्कृष्ट फिनिसिङ गर्दै खेललाई २-२ को बराबरीमा ल्याइन्।

तर, इन्ज्युरी समयको १२औं मिनेटमा तृष्णारानी सरकारले गोल गर्दै बंगलादेशलाई ३-२ को रोमाञ्चक जित दिलाइन्।

चार राष्ट्र सहभागी डबल राउन्ड रोबिन आधारमा भइरहेको च्याम्पियनसिपमा नेपालले पहिलो खेलमा भुटानलाई ६-१ ले हराएको थियो। अब नेपालले आफ्नो तेस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। बंगलादेशले भने श्रीलंकालाई ९-१ को फराकिलो अन्तरले हराइसकेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
ne_NPNepali