Skip to main content

Purbi Garjan

प्रधानमन्त्री ओलीलाई सुरक्षा दिने नाममा झापामा रास्वपाको हस्ताक्षर संकलनमा प्रहरी हस्तक्षेप

दमक। प्रधानमन्त्री केपी शर्मा ओली झापा आउँदा दमकस्थित निवास नजिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हस्ताक्षर संकलन गर्दा प्रहरीले हस्तक्षेप गरेको छ।

दमक–५ स्थित क्याम्पस मोडमा रास्वपाले सभापति रवि लामिछानेमाथि राज्यले गरेको ‘प्रतिशोधन’ विरुद्ध हस्ताक्षर संकलन गर्दै आएका थिए। प्रधानमन्त्री ओली सवार सवारीको मार्गनजिकै हस्ताक्षर संकलन हुँदै गर्दा प्रहरीले कार्यक्रममा अवरोध पुर्‍याएको रास्वपा झापा–५ का सभापति भेषराज भट्टराईले बताए।

प्रहरीले खोसेर भाँचिदिएको माइक

उनका अनुसार रास्वपाका कार्यकर्ता माइक प्रयोग गरी हस्ताक्षर संकलन गरिरहेका बेला प्रहरीले आएर माइक खोसी भाँचिदिएको थियो। “शान्तिपूर्ण रूपमा हस्ताक्षर संकलन गर्दा पनि हस्तक्षेप हुनु दुर्भाग्यपूर्ण हो,” भट्टराईले भने, “प्रहरीले हामीमाथि दुर्व्यवहारसमेत गर्‍यो।”

तर, जिल्ला प्रहरी कार्यालय झापाले भने यसलाई हस्तक्षेप नभई सामान्य सम्झाइ–बुझाइको प्रक्रिया मात्र भएको बताएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले भने, “प्रधानमन्त्रीको सवारी हुने मार्गमै माइकिङ गरिएकोले हामीले सामान्य रूपमा सम्झाइ–बुझाइ गरेका हौं। हस्तक्षेप भन्ने कुरा गलत हो।”

रास्वपाले केही समयदेखि पार्टी सभापति लामिछानेमाथि राज्यद्वारा गरिएको ‘अन्याय’ विरुद्ध देशभर हस्ताक्षर अभियान सञ्चालन गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali