Skip to main content

Purbi Garjan

झापाको हल्दीवारीमा ग्याँस पड्किँदा आगलागी, पाँच जना घाइते

झापा। झापाको हल्दीवारी गाउँपालिका–४ स्थित ओली चौकमा ग्याँस पड्किँदा आगलागी भएको छ। आगलागीमा एकै परिवारका पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार बिहान करिब ८:४० बजे ६० वर्षीया पुण्यप्रसाद ओलीको तीनतले पक्की घरको दोस्रो तलामा खाना पकाउने क्रममा ग्याँसबाट अचानक आगो सल्किएको हो।

आगो निभाउने क्रममा घरधनी सहित उनका परिवारका सदस्य घाइते भएका छन्। घाइतेहरूलाई सुरुमा ओमसाई पाथीभारा अस्पताल भद्रपुर पठाइएको थियो भने थप उपचारका लागि विराटनगर रिफर गरिएको छ।

घाइते हुनेहरूमा :
१. पुण्यप्रसाद ओली (६० वर्ष) – शरीरका विभिन्न भागमा पोलेको, अवस्था मध्यम
२. सन्तोष ओली (३३ वर्ष) – सामान्य चोटपटक
३. अनिता ओली (३२ वर्ष) – सामान्य चोटपटक
४. आर्यन ओली (२० वर्ष) – सामान्य चोटपटक

प्रहरीका अनुसार घरको भान्सा कोठामा आंशिक क्षति भएको छ। इलाका प्रहरी चौकी कञ्चनश्रीबाट खटिएको टोली र स्थानीयको सहयोगमा बिहान ९:१५ बजेतिर आगो नियन्त्रणमा आएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali