Skip to main content

Purbi Garjan

कम्युनिस्ट आन्दोलनको ठूलो रोग व्यक्तिवाद हो : पूर्वप्रधानमन्त्री नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या व्यक्तिवाद भएको बताएका छन्।

समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा काठमाडौंमा बुधबार आयोजित ४७औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेपालले भने, “कम्युनिस्ट आन्दोलनको ठूलो रोग व्यक्तिवाद हो। सामूहिकताको अभाव छ। नेतृत्वको प्रवृत्ति बदल्नुपर्छ। सबैले आत्मसमिक्षा गरौं। समाजवादको आधार सामूहिकता हो, त्यसलाई जगाउने पहल गरौं।”

उनले नेपालमा कम्युनिस्ट आन्दोलनको भविष्य उज्ज्वल रहेको जिकिर गर्दै सबै कम्युनिस्टहरू एकताबद्ध भई जनताको पक्षमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।

पूर्वप्रधानमन्त्री नेपालले कृषि, जलविद्युत, पर्यटन र विज्ञान प्रविधिको भरपूर उपयोग गरी सुशासन र रोजगारी सिर्जना गर्न सके समाजवादको आधार तयार हुने बताए। उनले भने, “नेपाल कुनै कुरा अभावमा रहनुपर्ने देश होइन। स्रोत र साधनको सही उपयोग गर्न सके उज्ज्वल भविष्य सुनिश्चित हुन्छ।”

पुष्पलालको योगदानबारे चर्चा गर्दै उनले स्मरण गरे, “सिद्धान्त, संगठन र संघर्ष—यी नै क्रान्तिकारी आमूल परिवर्तनका कडी हुन् भन्ने पुष्पलालको भनाइ अझै सान्दर्भिक छ।”

उनले दलाल पुँजीवादको अन्त्य र समाजवादको आवश्यकता झन् बढ्दै गएको पनि उल्लेख गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali