Skip to main content

Purbi Garjan

पार्टी एकता र संयुक्त मोर्चा गरौँ, अगाडि बढौँ : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट समाजवादीबीच पार्टी एकता र संयुक्त मोर्चा बनाएर अघि बढ्न अपील गरेका छन्।

समाजवादी मोर्चा नेपाल र पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा बुधबार काठमाडौंमा आयोजित ४७औँ स्मृति दिवसका अवसरमा सम्बोधन गर्दै प्रचण्डले विचार मिल्नेहरूसँग पार्टी एकता र एजेन्डा मिल्नेहरूसँग वृहत् संयुक्त मोर्चा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

उनले भने, “दलाल नोकरशाही पुँजीवाद मुख्य दुश्मन हो। यसको पक्षमा जाने विरुद्ध संघर्ष गर्नुपर्छ। त्यसका लागि ध्रुवीकरणको पहल गर्नुपर्छ। पार्टी एकता र संयुक्त मोर्चा बनाऔं, अगाडि बढौं। पुष्पलाललाई आधार बनाएर पार्टी एकता गरौं।”

प्रचण्डले माओवादी जनयुद्ध पुष्पलालको विचार र सिद्धान्तअनुसार अघि बढेको दाबी गर्दै दोस्रो जनआन्दोलन पनि त्यही विचारको कार्यान्वयन भएको बताए। उनका अनुसार जनयुद्धकै कारण संविधान सभा सम्भव भयो र नेपाल गणतन्त्रसम्म आइपुग्यो।

उनले पुष्पलाललाई सच्चा क्रान्तिकारी, नेपाल कम्युनिस्ट पार्टीका संस्थापक मात्र नभई विचारक र चिन्तकका रूपमा पनि व्याख्या गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali