Skip to main content

Purbi Garjan

झापा भद्रपुरमा गोली प्रहारपछि लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा – झापा जिल्ला प्रहरी कार्यालयको टोलीले लागुऔषध कारोवारमा संलग्न भएको सूचनाका आधारमा भद्रपुर नगरपालिका–५ भित्रि सडकखण्डमा गोली प्रहार गरी एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार, मिति २०८२ साउन १० गते दिउँसो करिब ३:५० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उक्त व्यक्ति पक्राउ गरेको हो।

भारतको किसनगंज जिल्ला कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लाम प्रहरीलाई देख्नेबित्तिकै आक्रमण गर्दै भाग्ने क्रममा प्रहरीले आत्मरक्षार्थ दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ। तीमध्ये एक गोली उनको बायाँ खुट्टाको घुँडामुनि लागेको र घाइतेलाई प्रहरी निगरानीमा प्रादेशिक अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।

उनको साथबाट प्लास्टिकमा बेरेको लागुऔषध जस्तो देखिने खैरो हिरोइन ११० ग्राम २०० मिलिग्राम तथा प्लास्टिक बाहेक १०७ ग्राम १०० मिलिग्राम फेला परेको प्रहरी स्रोतले जनाएको छ।

प्रहरीले यससम्बन्धी थप अनुसन्धान भइरहेको बताएको छ। घाइतेको अवस्था सामान्य रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali