Purbi Garjan

दिन: २०८२ श्रावण ११, शनिबार

झापा भद्रपुरमा गोली प्रहारपछि लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा भद्रपुरमा गोली प्रहारपछि लागुऔषधसहित एक भारतीय नागरिक पक्राउ

झापा – झापा जिल्ला प्रहरी कार्यालयको टोलीले लागुऔषध कारोवारमा संलग्न भएको सूचनाका आधारमा भद्रपुर नगरपालिका–५ भित्रि सडकखण्डमा गोली प्रहार गरी एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार, मिति २०८२ साउन १० गते दिउँसो करिब ३:५० बजे लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उक्त व्यक्ति पक्राउ गरेको हो। भारतको किसनगंज जिल्ला कोल्लिकोट थाना बस्ने ३६ वर्षीय मोहमद इस्लाम प्रहरीलाई देख्नेबित्तिकै आक्रमण गर्दै भाग्ने क्रममा प्रहरीले आत्मरक्षार्थ दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ। तीमध्ये एक गोली उनको बायाँ खुट्टाको घुँडामुनि लागेको र घाइतेलाई प्रहरी निगरानीमा प्रादेशिक अस्पताल…
Read More
ne_NPNepali