Skip to main content

Purbi Garjan

विद्यालयको भ्यान दुर्घटनामा २१ जना घाइते, ७ जना विएण्डसी अस्पतालमा रेफर

मेचीनगर। झापाको मेचीनगर नगरपालिका–९ खुट्टिडाँगीस्थित भित्री सडक खण्डमा पारिजात पब्लिक स्कुलको भ्यान अनियन्त्रित भई दुर्घटनामा पर्दा चालकसहित २१ जना घाइते भएका छन्। बिहान करिब १० बजे मागुरमाडीबाट विद्यालयतर्फ जाँदै गरेको मे.१ ज. ३१०७ नम्बरको भ्यान दुर्घटना भएको हो।

दुर्घटनामा परी झापा मेचीनगर–९ का ४५ वर्षीय चालक गणेश श्रेष्ठसहित विद्यालयका शिक्षक र विद्यार्थीहरू घाइते भएका हुन्। श्रेष्ठको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको बताइएको छ। उनीसहित केही घाइतेको उपचार बिर्तामोडस्थित विएण्डसी अस्पतालमा भइरहेको छ।

दुर्घटनामा परी सबिस्का राई (६ वर्ष), समिरा बिसुङ्खे (४ वर्ष), संयोग बिसुङ्खे (१२ वर्ष), अंगु बराई मगर (९ वर्ष), र विद्यालयकी शिक्षिका प्रिति सिवा (२३/२४ वर्ष) सहित ७ जनालाई गम्भीर चोट लागेकाले B&C अस्पताल रेफर गरिएको छ। बाँकी विद्यार्थीहरूको उपचार धुलाबारीस्थित आम्दा अस्पतालमा भइरहेको छ। अधिकांश विद्यार्थीहरूको अवस्था सामान्य छ।

घाइतेहरूमध्ये टाउको, हात, वा शरीरका विभिन्न भागमा सामान्य चोटपटक लागेको जनाइएको छ। दुर्घटनामा परी बोल्न सक्ने अवस्थाका अधिकांश बालबालिकालाई प्रारम्भिक उपचारपछि घर पठाइएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय धुलाबारीका प्रमुख पाण्डब कुमार राजवंशीको नेतृत्वमा प्रहरी टोली खटिएको थियो। दुर्घटनास्थल सो कार्यालयबाट करिब ४ किलोमिटर उत्तरतर्फ पर्छ।

प्रहरीका अनुसार चालक गणेश श्रेष्ठसँग सवारी चालक अनुमतिपत्र (स.चा.अ.पत्र) रहेको र उनी मापसे (मादक पदार्थ सेवन) नगरेको पुष्टि भएको छ।

प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali