Skip to main content

Purbi Garjan

यातायात कार्यालय झापामा सेवाग्राहीलाई सास्ती, स्वास्थ्य परिक्षणमा दोब्बर शुल्क

झापा । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने नागरिक सधैं सास्ती खेप्न बाध्य छन्। अव्यवस्थित लाइन, बिचौलियाको जालो, कर्मचारीको ढिलासुस्ती त सामान्यजस्तै भइसकेको यस कार्यालयमा अहिले स्वास्थ्य परीक्षणमा समेत दोब्बर शुल्क असुलिएको गुनासो तीव्र भएको छ।

सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन आउने सेवाग्राही बिहान सबेरै लाइन लागे पनि कार्यालयमा समयमै काम हुँदैन, प्रक्रिया पनि छरितो छैन। अहिले त स्वास्थ्य परीक्षणका नाममा बढी शुल्क असुलिँदै सेवाग्राही आक्रोशित छन्।

यसअघि निजी क्षेत्रमार्फत स्वास्थ्य परीक्षण गर्दा १५० रुपैयाँ मात्र तिर्नु पर्नेमा कोशी प्रदेश सरकारले सरकारी कार्यालयमार्फत परीक्षण सुरु गरेपछि शुल्क ठीक दोब्बर बढाएर ३०० रुपैयाँ लिएको छ। सेवाग्राही क्रिफान नेम्बाङ्ग भन्छन्, “नागरिकलाई सहज सेवा दिनुभन्दा ढाड सेक्ने काम मात्र भइरहेको छ।” अर्का सेवाग्राही मेराज मियाले भने, “निजी मेडिकलले अनफिट देखिए शुल्क फिर्ता गर्थे, सरकारले त फिर्ता गर्ने व्यवस्था नै छैन।”

त्यस्तै, भौचर शुल्क तिर्न क्यूआर स्क्यान मार्फत ५०० रुपैयाँ बुझाउनुपर्ने व्यवस्था भए पनि कार्यालयको क्यूआर जानाजानी नचलाइ बिचौलियामार्फत बाहिर ६५० रुपैयाँ असुलिने गरिएको आरोप छ। सेवाग्राही राम घतानीका अनुसार, “कर्मचारी र बिचौलियाको मिलेमतोमा खुलेआम लुट हुँदैछ।”

गुनासा चर्किएपछि कार्यालय प्रमुख प्रेमप्रसाद सापकोटाले समस्या नभएको दाबी गर्दै स्वास्थ्य परीक्षणलाई अझ व्यवस्थित बनाउन सरकारी मातहतमा ल्याइएको बताए। तर, सेवाग्राही भने शुल्क बढाइ आर्थिक बोझ थोपारिएको भन्दै आक्रोशित छन्।

झापाको यातायात कार्यालयमा भइरहेको मनपरी असुलीले सेवाग्राहीको विश्वास मात्र कमजोर बनाएको छैन, सवारी अनुमति प्रक्रिया नै बदनाम बनाएको छ। यस तर्फ सम्बन्धित निकायले तत्काल ध्यान दिनुपर्ने देखिन्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

चारआली प्रहरीको ज्यादती : भन्सार गरेको सामान नियन्त्रण गर्दै पुनः भन्सार बुझाइयो, पहुँचवालाको खुसुक्क छाडियो

झापा । भारतबाट खरिद गरी मेची भन्सार कार्यालयबाट विधिवत् भन्सार जाँचपास गराएर नेपाल भित्रिएको किराना सामान चारआली प्रहरीले नियन्त्र...
ne_NPNepali