झापा, २३ साउन । झापा जिल्लाको दमक नगरपालिका–४ स्थित चियाडोकानमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । त्यहाँ खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा दमक–४ चियाडोकानकी २६ वर्षीया ज्योती राई तामाङ उर्फ सितल, कमल गाउँपालिका–५ पाथीभरा टोलका २७ वर्षीय सञ्जिव लिम्बू, दमकमा बस्दै आएका बसन्त राई र दमक–४ मा बस्दै आएका सन्दिप धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बिहीबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पासाङ तामाङको घरमा तलासी गर्दा प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लास्टिकसहित ११.३९ ग्राम र प्लास्टिकबाहेक ३.३२ ग्राम फेला पारेको…
काठमाडौँ, २३ साउन । दूरसञ्चार सेवा प्रदायक एनसेलले इन्टरप्राइज ग्राहकको सुरक्षालाई थप सुदृढ बनाउन साइबर सुरक्षासँग सम्बन्धित युरोपेली कम्पनी विथसेक्योरसँग साझेदारी गरेको छ । उक्त साझेदारीमार्फत एनसेल बिजनेसले नेपाली व्यवसायलाई साइबर जोखिमको खतराबाट जोगाउन भूमिका खेल्नेछ । एनसेलका अनुसार विथसेक्योरले इन्डप्वाइन्ट डिभाइस सुरक्षा, डिटेक्सन र रेस्पोन्स ९इडिआररएक्सडिआर०, क्लाउड सुरक्षा, असुरक्षित व्यवस्थापन, इमेल सुरक्षा र चुनौतीलगायतका समस्या समाधानमा सेवा प्रवाह गर्नेछ । यसले पछिल्लो समय बढ्दो डिजिटल सेवालाई थप सुरक्षित बनाउन सहयोग गर्नेछ । आज यहाँ आयोजित साइबर भिजन, २०२५ कार्यक्रममा एनसेलका प्रमुख इन्टरप्राइज बिजनेस अधिकृत डिओन एसेन्सियोले विथसेक्योरसँगको सहकार्यले व्यवसायलाई सुरक्षित बनाउन थप सहयोग पुगेको बताउनुभयो । “एनसेल बिजनेसले आफ्ना इन्टरप्राइज…
झापा, २३ साउन । झापाको शिवसताक्षी नगरपालिकास्थित माई खोलाले बगाउँदा आज एक जना बेपत्ता भएका छन् । शिवसताक्षी नगरपालिका–१० र ७ को सिमाना टेक्रा क्षेत्रमा रहेको माई खोलाबाट दाउरा निकाल्ने क्रममा कनकाई नगरपालिका–५ का ६० वर्षीय चन्द्रबहादुर बिक खोलाले बगाउँदा बेपत्ता भएका हुन् । नेपाल प्रहरी तथा स्थानीयबासीको सहयोगमा बेपत्ता बिकको खोजतलास कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा । झापाको बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालयमा सेवा लिन आउने नागरिक सधैं सास्ती खेप्न बाध्य छन्। अव्यवस्थित लाइन, बिचौलियाको जालो, कर्मचारीको ढिलासुस्ती त सामान्यजस्तै भइसकेको यस कार्यालयमा अहिले स्वास्थ्य परीक्षणमा समेत दोब्बर शुल्क असुलिएको गुनासो तीव्र भएको छ। सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिन आउने सेवाग्राही बिहान सबेरै लाइन लागे पनि कार्यालयमा समयमै काम हुँदैन, प्रक्रिया पनि छरितो छैन। अहिले त स्वास्थ्य परीक्षणका नाममा बढी शुल्क असुलिँदै सेवाग्राही आक्रोशित छन्। यसअघि निजी क्षेत्रमार्फत स्वास्थ्य परीक्षण गर्दा १५० रुपैयाँ मात्र तिर्नु पर्नेमा कोशी प्रदेश सरकारले सरकारी कार्यालयमार्फत परीक्षण सुरु गरेपछि शुल्क ठीक दोब्बर बढाएर ३०० रुपैयाँ लिएको छ। सेवाग्राही क्रिफान नेम्बाङ्ग भन्छन्,…
धरान, २३ साउन । तीन दिनदेखि लगातार भइरहेको वर्षासँगै गएराति आएको पहिरोले धरान उपमहानगरपालिका–३ स्थित हृदयेन्द्र मार्गमा एक घरमा क्षति पुर्याएको छ भने सो क्षेत्रका १२ भन्दा बढी घर उच्च जोखिममा परेका छन्। राति करिब १ः३० बजे खसेको पहिरोले स्थानीय छजुङ भोटेको घरको माथिल्लो भाग पुरिँदा घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। “राति ठूलो आवाज आयो, भुइँचालो हो कि भनेर डर लाग्यो,” भोटेले भने, “बाहिर निस्केर हेर्दा पहिरो खसिरहेको देखियो। हेर्दाहेर्दै घर पुरियो।” स्थानीय कौशल श्रेष्ठले वर्षा सुरु भएदेखि पहिरोको त्रासमा रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको बताए । घटनापछि तत्कालै घटनास्थल पुगेका वडा नं. ३ का सदस्य मिङ्मा भोटेले वडाको…