Skip to main content

Purbi Garjan

झापाको दमकमा लागुऔषधसहित चार जना पक्राउ

झापा, २३ साउन । झापा जिल्लाको दमक नगरपालिका–४ स्थित चियाडोकानमा लागुऔषधसहित चार जना पक्राउ परेका छन् । त्यहाँ खैरो हेरोइनको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेर उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दमक–४ चियाडोकानकी २६ वर्षीया ज्योती राई तामाङ उर्फ सितल, कमल गाउँपालिका–५ पाथीभरा टोलका २७ वर्षीय सञ्जिव लिम्बू, दमकमा बस्दै आएका बसन्त राई र दमक–४ मा बस्दै आएका सन्दिप धिमाल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बिहीबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले पासाङ तामाङको घरमा तलासी गर्दा प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लास्टिकसहित ११.३९ ग्राम र प्लास्टिकबाहेक ३.३२ ग्राम फेला पारेको थियो । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट बरामद लागुऔषधसहित सबैलाई नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

कन्यामको ऐतिहासिक सम्पदा संरक्षणविहीन, राजारानीले रोपेको पहिलो चिया बोट नै मासियो

निशान निराैला इलाम । पर्यटकीय क्षेत्रका रूपमा चर्चित इलामको कन्याममा रहेका ऐतिहासिक सम्पदाको संरक्षणमा सम्बन्धित निकायले पर्याप्त...
काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

काकडभिट्टामा मध्यरातमा प्रहरीको छापा: गोदामबाट झण्डै २५ लाख बराबरको सामान बरामद

मेचीनगर।  झापाको मेचीनगर नगरपालिका–७ फोहोरमैला क्षेत्रबाट भन्सार छली गरी भण्डारण गरिएको कपडा तथा कस्मेटिक सामान प्रहरीले मध्यरातमा...
हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

हात्तीको दाँत तस्करी मुद्दामा ऐतिहासिक सफलता : मुख्य अभियुक्तलाई ५ वर्ष कैद, ₹५० हजार जरिवाना

प्रशान्त आचार्य बागडोग्रा। संगठित वन्यजन्तु अपराधविरुद्धको लडाइँमा पश्चिम बंगाल वन विभागले ठूलो सफलता हासिल गरेको छ। हात्तीको दाँ...
शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

शिक्षिका मृत्यु प्रकरण : कतार पुगेकी छोरी काकडभिट्टामा कसरी शिक्षिका बनिन्, परिवार नै बेखबर

प्रविण अधिकारी मेचीनगर। झापाको मेचीनगर -६ साठी बिगाहामा रहेको अरुणोदय अङ्ग्रेजी बोर्डिङ स्कुलमा रहेको आवासगृह भित्रको एउटा कोठाम...
ne_NPNepali