Skip to main content

Purbi Garjan

इलाममा अविरल वर्षासँगै पहिरो, भित्री सडक अवरुद्ध — घर भत्किँदा दुई घाइते

इलाम, साउन २८ — अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा भित्री सडकहरू अवरुद्ध भएका छन्। यस्तै, एक स्थानमा घर भत्किँदा दुई जना सामान्य घाइते भएका छन्।

आज बिहान करिब ७:३० बजे फाकफोकथुम गाउँपालिका–१ पंचेवा स्थित आमचोक–घुरमिसे–पञ्चमी हुँदै राँके–इलाम जोड्ने भित्री कच्ची सडकमा लेदो सहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा रोकिएको हो। घटनास्थलमा इलामको प्रजिअमचोकबाट प्रहरी टोली खटिई अवरोध हटाउने कार्यका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ।

गत राति माई नगरपालिका–९ सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुखसहितको पहिरो खसेको छ। यस्तै, इलाम नगरपालिका–११ सोयाङको गोलाखर्क–बिर्तामोड जाने केचना–कंचनजङ्गा फास्ट ट्र्याक सडक खण्डमा पनि पहिरोका कारण आवागमन अवरुद्ध भएको छ। दुवै स्थानमा स्थानीय प्रहरी टोलीले अवरोध हटाउने काम गरिरहेको छ।

यसैबीच, सुर्योदय नगरपालिका–६ हर्कटेमा केशर कटुवालको घरमाथिबाट पहिरो खस्दा घर जोखिममा परेको छ, तर मानवीय वा पशु क्षति भने भएको छैन।

आज बिहान करिब ४ बजे इलाम नगरपालिका–९ गोलबस्तीस्थित राकेश थापा मगरको जिर्ण घर वर्षाका कारण भत्किँदा त्यहाँ डेरा गरी बस्ने सुर्योदय नगरपालिका–५ समालबुङकी ३५ वर्षीया भावना सुब्बा र उनकी १४ वर्षीया छोरी अनुस्का सुब्बा सामान्य घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल इलाममा उपचारपछि बिहान ७ बजे डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ।

भित्री सडक अवरुद्ध हुँदा स्थानीय आवागमन प्रभावित भएको छ। वर्षा अझै जारी रहेकाले थप जोखिम रहन सक्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाकामा सशस्त्र प्रहरीको विभेद: सिटी रिक्सामा मुद्दा, स्कोरपियो सहजै पार

काकडभिट्टा नाका: कानुन होइन सशस्त्र प्रहरीको मनोमानी चल्छ, गरिबको सिटी रिक्सामा मुद्दा दर्ता, धनाड्यको स्कोरपियो सेटिङमै छाडियो। र...
काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा-पानीटंकी  नाकामा सुन–चाँदीसहित ४ भारतीय पक्राउ, गाडीसहित भन्सार बुझाइयो

काकडभिट्टा । पूर्वी नेपालको प्रमुख नाका काकडभिट्टासँग सिमाना जोडिएको भारतको पानीटंकी क्षेत्रमा सुन र चाँदीसहित चार जना भारतीय नागर...
पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

पञ्चायती कालको यातना सम्झाउँदै ‘इरफान अली’ नाटक मेचीनगरमा मञ्चन

झापा, मेचीनगर। पञ्चायती व्यवस्थाको समयमा जेलभित्र हुने अमानवीय यातना, दमन र विभेदलाई उजागर गर्ने उद्देश्यसहित ‘इरफान अली’ नामक नाट...

इलाममा बोलेरो ५० मिटर तल खस्यो, बालिकासहित पाँच जना घाइते

निशान निराैला इलामको माङ्सेबुङ गाउँपालिका–२ दहगाउँस्थित आरुबोटे–दमक भित्री कच्ची सडकखण्डमा बोलेरो दुर्घटना हुँदा पाँच जना घाइते भ...
ne_NPNepali