Purbi Garjan

दिन: २०८२ श्रावण २९, बुधबार

जेसिजको समन्वयमा निःशुल्क कम्प्युटर शिक्षा सुरु, विद्यार्थीहरू नगदसहित सम्मान

जेसिजको समन्वयमा निःशुल्क कम्प्युटर शिक्षा सुरु, विद्यार्थीहरू नगदसहित सम्मान

बाहुण्डाँगी – बाहुण्डाँगी जेसीजको समन्वय र बिर्तामोड एजुकेशन फाउण्डेसनको प्राविधिक सहयोगमा २० जना विद्यार्थीलाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रम सुरु गरिएको छ। बुधबार फाउण्डेसनको धुलाबारी शाखामा आयोजित विशेष समारोहबीच कार्यक्रमको उद्घाटन गरिएको हो। यस तालिममा सहभागी विद्यार्थीहरूले कम्प्युटर बेसिक, ग्राफिक्स डिजाइनिङ, फोटोसप, एकाउन्टिङ प्याकेज तथा कम्प्युटर अपरेटर कोर्ष अध्ययन गर्नेछन्। आयोजकका अनुसार, तालिमको उद्देश्य ग्रामीण युवालाई डिजिटल सीपमार्फत आत्मनिर्भर बनाउनु हो। कार्यक्रममा मेचीनगरका सामुदायिक र संस्थागत विद्यालयतर्फका उत्कृष्ट ‘प्लस टु’ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। सामुदायिकतर्फ धुलाबारी माविकी छात्रा सञ्जु नेपाल (GPA 3.88) र छात्र बिक्की थारु (GPA 3.86) सम्मानित भए। संस्थागततर्फ हिमालय इङ्लिस एकाडेमीकी छात्रा रिस्ता नेपाल (GPA…
Read More
रोङमा पहिरोमा परी एक वृद्धको मृत्यु

रोङमा पहिरोमा परी एक वृद्धको मृत्यु

इलाम, साउन २८ — इलामको रोङ गाउँपालिका–४ मानाबुङमा आज दिउँसो लेदो सहितको पहिरोमा परि एक पुरुषको ज्यान गएको छ। मृत्यु हुनेमा सोही स्थानका करिब ६० वर्षीय बिर बहादुर राई रहेका छन्। स्थानीयका अनुसार कान कम सुन्ने र अविवाहित रहेका राई आज दिउँसो करिब १२ बजे आफ्नो घरबाट करिब ३०० मिटर पश्चिमतर्फको बाटो हुँदै पैदल हिँडिरहेका बेला नजिकैको खोल्सामा आएको लेदो सहितको पहिरोमा पुरिएका हुन्। घटनाबारे जानकारी पाएपछि करिब १२:३० बजे प्रहरी चौकी किटेनीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। थप अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक छे फिन्जो भोटेको कमाण्डमा अतिरिक्त प्रहरी टोली पठाइएको इलाम…
Read More
इलाममा अविरल वर्षासँगै पहिरो, भित्री सडक अवरुद्ध — घर भत्किँदा दुई घाइते

इलाममा अविरल वर्षासँगै पहिरो, भित्री सडक अवरुद्ध — घर भत्किँदा दुई घाइते

इलाम, साउन २८ — अविरल वर्षाका कारण इलाम जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा भित्री सडकहरू अवरुद्ध भएका छन्। यस्तै, एक स्थानमा घर भत्किँदा दुई जना सामान्य घाइते भएका छन्। आज बिहान करिब ७:३० बजे फाकफोकथुम गाउँपालिका–१ पंचेवा स्थित आमचोक–घुरमिसे–पञ्चमी हुँदै राँके–इलाम जोड्ने भित्री कच्ची सडकमा लेदो सहितको पहिरो खस्दा यातायात पूर्ण रूपमा रोकिएको हो। घटनास्थलमा इलामको प्रजिअमचोकबाट प्रहरी टोली खटिई अवरोध हटाउने कार्यका लागि समन्वय भइरहेको प्रहरीले जनाएको छ। गत राति माई नगरपालिका–९ सोक्तिमस्थित इलाम–बिर्तामोड भित्री सडक खण्डमा रुखसहितको पहिरो खसेको छ। यस्तै, इलाम नगरपालिका–११ सोयाङको गोलाखर्क–बिर्तामोड जाने केचना–कंचनजङ्गा फास्ट ट्र्याक सडक खण्डमा पनि पहिरोका कारण आवागमन अवरुद्ध भएको छ।…
Read More
ne_NPNepali