Purbi Garjan

जेसिजको समन्वयमा निःशुल्क कम्प्युटर शिक्षा सुरु, विद्यार्थीहरू नगदसहित सम्मान

बाहुण्डाँगी – बाहुण्डाँगी जेसीजको समन्वय र बिर्तामोड एजुकेशन फाउण्डेसनको प्राविधिक सहयोगमा २० जना विद्यार्थीलाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रम सुरु गरिएको छ। बुधबार फाउण्डेसनको धुलाबारी शाखामा आयोजित विशेष समारोहबीच कार्यक्रमको उद्घाटन गरिएको हो।

यस तालिममा सहभागी विद्यार्थीहरूले कम्प्युटर बेसिक, ग्राफिक्स डिजाइनिङ, फोटोसप, एकाउन्टिङ प्याकेज तथा कम्प्युटर अपरेटर कोर्ष अध्ययन गर्नेछन्। आयोजकका अनुसार, तालिमको उद्देश्य ग्रामीण युवालाई डिजिटल सीपमार्फत आत्मनिर्भर बनाउनु हो।

कार्यक्रममा मेचीनगरका सामुदायिक र संस्थागत विद्यालयतर्फका उत्कृष्ट ‘प्लस टु’ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। सामुदायिकतर्फ धुलाबारी माविकी छात्रा सञ्जु नेपाल (GPA 3.88) र छात्र बिक्की थारु (GPA 3.86) सम्मानित भए। संस्थागततर्फ हिमालय इङ्लिस एकाडेमीकी छात्रा रिस्ता नेपाल (GPA 3.71) र छात्र प्रसन बस्नेत (GPA 3.6) लाई नगद र प्रमाणपत्रसहित सम्मान गरियो।

उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख तथा धुलाबारी जेसीजका पूर्व अध्यक्ष सिनेटर अनन्तप्रकाश वस्ती प्रमुख अतिथि थिए। बाहुण्डाँगी जेसीज अध्यक्ष नित्यानन्द चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेसन धुलाबारी शाखा प्रमुख भोगेन्द्र न्यौपाने, संयोजक किशोर उपरकोटी, उपाध्यक्ष रोशन गिरी, सचिव विदात गिरी र महासचिव शुष्मा मिश्रले सहभागिता जनाए।

बाहुण्डाँगी जेसीज सप्ताहअन्तर्गत दोस्रो दिनको यो कार्यक्रमपछि तेस्रो दिन ट्राफिक सचेतना तथा जेब्रा क्रसिङ निर्माण, चौथो दिन डस्टबिन वितरण, पाँचौँ दिन पिउने पानी वितरणजस्ता गतिविधि हुनेछन्। भदौ ३ गते मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा जेसीज सप्ताह समापन हुनेछ।

बिर्तामोड एजुकेशन फाउण्डेसनको बहुआयामिक सेवा
पछिल्लो १० वर्षदेखि जापानीज, आईएलटिएस, कोरियनलगायतका भाषा शिक्षामा सक्रिय बिर्तामोड एजुकेशन फाउण्डेसनले बिर्तामोड, धुलाबारी, सुरुङ्गा, इलाम, बुधबारे र फिक्कलमा आफ्ना शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। शैक्षिक क्षेत्रमा मात्र होइन, सामाजिक उत्तरदायित्वमा पनि अग्रणी यस संस्थाले गरिब, विपन्न तथा सामुदायिक पृष्ठभूमिका विद्यार्थीलाई निःशुल्क भाषा र कम्प्युटर शिक्षा उपलब्ध गराउँदै आएको छ।

धुलाबारी शाखा प्रमुख भोगेन्द्र न्यौपानेका अनुसार, स्थानीय समुदायमा शिक्षा र सीपको पहुँच विस्तार गर्न संस्थाले नियमित रूपमा सीपमूलक तालिम, परामर्श सेवा र छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

मुकेस गुरुङलाई ६औं जीनियस अवार्डमा “बेस्ट डेब्यु मोडल”को सम्मान

निशान निराैला ईलाम –२७ । उदाउँदो मोडल मुकेस गुरुङले आफ्नो प्रतिभा र मेहनतको बलमा ६औं जीनियस अवार्ड २०८२ मा “बेस्ट डेब्यु मोडल”को उ...

किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै

झापा, २५ कात्तिक । किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२...
एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

एमाले मेचीनगर: भोलि २ हजारबढि मोटरसाइकल सहित र्याली गर्ने

मेचीनगर। जेनजी आन्दोलन पश्चात् केहि आक्रमक बनेर देशभर सडक प्रदर्शन गरिरहेको नेकपा (एमाले) ले भोलि बुधबार झापाको मेचीनगरमा संसद् पु...

जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

झापा, २४ कात्तिक । जापानको इवाते प्रान्तको तटमा आइतबार ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय दिउँसो १ः३३ बजे...
ne_NPNepali