Skip to main content

Purbi Garjan

जेसिजको समन्वयमा निःशुल्क कम्प्युटर शिक्षा सुरु, विद्यार्थीहरू नगदसहित सम्मान

बाहुण्डाँगी – बाहुण्डाँगी जेसीजको समन्वय र बिर्तामोड एजुकेशन फाउण्डेसनको प्राविधिक सहयोगमा २० जना विद्यार्थीलाई लक्षित गरी निःशुल्क कम्प्युटर शिक्षा कार्यक्रम सुरु गरिएको छ। बुधबार फाउण्डेसनको धुलाबारी शाखामा आयोजित विशेष समारोहबीच कार्यक्रमको उद्घाटन गरिएको हो।

यस तालिममा सहभागी विद्यार्थीहरूले कम्प्युटर बेसिक, ग्राफिक्स डिजाइनिङ, फोटोसप, एकाउन्टिङ प्याकेज तथा कम्प्युटर अपरेटर कोर्ष अध्ययन गर्नेछन्। आयोजकका अनुसार, तालिमको उद्देश्य ग्रामीण युवालाई डिजिटल सीपमार्फत आत्मनिर्भर बनाउनु हो।

कार्यक्रममा मेचीनगरका सामुदायिक र संस्थागत विद्यालयतर्फका उत्कृष्ट ‘प्लस टु’ विद्यार्थीलाई नगदसहित सम्मान गरिएको थियो। सामुदायिकतर्फ धुलाबारी माविकी छात्रा सञ्जु नेपाल (GPA 3.88) र छात्र बिक्की थारु (GPA 3.86) सम्मानित भए। संस्थागततर्फ हिमालय इङ्लिस एकाडेमीकी छात्रा रिस्ता नेपाल (GPA 3.71) र छात्र प्रसन बस्नेत (GPA 3.6) लाई नगद र प्रमाणपत्रसहित सम्मान गरियो।

उद्घाटन कार्यक्रममा मेचीनगर नगरपालिकाका प्रशासन योजना तथा अनुगमन शाखा प्रमुख तथा धुलाबारी जेसीजका पूर्व अध्यक्ष सिनेटर अनन्तप्रकाश वस्ती प्रमुख अतिथि थिए। बाहुण्डाँगी जेसीज अध्यक्ष नित्यानन्द चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा फाउण्डेसन धुलाबारी शाखा प्रमुख भोगेन्द्र न्यौपाने, संयोजक किशोर उपरकोटी, उपाध्यक्ष रोशन गिरी, सचिव विदात गिरी र महासचिव शुष्मा मिश्रले सहभागिता जनाए।

बाहुण्डाँगी जेसीज सप्ताहअन्तर्गत दोस्रो दिनको यो कार्यक्रमपछि तेस्रो दिन ट्राफिक सचेतना तथा जेब्रा क्रसिङ निर्माण, चौथो दिन डस्टबिन वितरण, पाँचौँ दिन पिउने पानी वितरणजस्ता गतिविधि हुनेछन्। भदौ ३ गते मेचीनगर–४ स्थित हात्ती रिसोर्टमा जेसीज सप्ताह समापन हुनेछ।

बिर्तामोड एजुकेशन फाउण्डेसनको बहुआयामिक सेवा
पछिल्लो १० वर्षदेखि जापानीज, आईएलटिएस, कोरियनलगायतका भाषा शिक्षामा सक्रिय बिर्तामोड एजुकेशन फाउण्डेसनले बिर्तामोड, धुलाबारी, सुरुङ्गा, इलाम, बुधबारे र फिक्कलमा आफ्ना शाखामार्फत सेवा प्रदान गर्दै आएको छ। शैक्षिक क्षेत्रमा मात्र होइन, सामाजिक उत्तरदायित्वमा पनि अग्रणी यस संस्थाले गरिब, विपन्न तथा सामुदायिक पृष्ठभूमिका विद्यार्थीलाई निःशुल्क भाषा र कम्प्युटर शिक्षा उपलब्ध गराउँदै आएको छ।

धुलाबारी शाखा प्रमुख भोगेन्द्र न्यौपानेका अनुसार, स्थानीय समुदायमा शिक्षा र सीपको पहुँच विस्तार गर्न संस्थाले नियमित रूपमा सीपमूलक तालिम, परामर्श सेवा र छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

देउमाईमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु

निशान निराैला इलाम। इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ। बिहीबार बिहान ...
अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

अवैध मोटर पार्ट्ससहितको गाडी छुटेपछि काकडभिट्टामा सशस्त्रको कारबाहीमाथि प्रश्न

मेचीनगर। नेपालको पुर्वी सिमा काँकरभिट्टामा मेची खोलाबाट गैरी गाउँ हुँदै अवैध रूपमा नेपाल भित्र्याइएको मोटर पार्ट्ससहित नियन्त्रणमा...
इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
ne_NPNepali