Skip to main content

Purbi Garjan

बाहुण्डाँगी जेसीज सप्ताह : “रन बाहुण्डाँगी”का विजेतालाई नगदसहित सम्मान

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीज सप्ताह–२०२५ अन्तर्गत आयोजित ‘रन बाहुण्डाँगी’ दौड प्रतियोगितामा विजयी प्रतिभाहरुलाई नगद पुरस्कारसहित सम्मान गरिएको छ।

आज जेसीज सप्ताह समारोह कार्यक्रममा “रन बाहुण्डाँगी” का विजेतालाई सम्मान गरिएको हो । प्रतियोगितामा प्रथम स्थान हासिल गरेका अर्जुन बस्नेतलाई अक्षरुपी रु १५ हजार, द्वितीय स्थान हासिल गर्न सफल ऋदन विश्वकर्मालाई रु १० हजार सहित सम्मानपत्र र तृतीय स्थान हासिल गरेका विप्लव श्रेष्ठलाई नगद रु ५ हजार र सम्मानपत्र प्रदान गरिएको छ।

त्यस्तै, रनमा टप–१० भित्र पर्न सफल अमर तामाङ, अनराज मगर, उप्सन राई, निर्मल घिमिरे, रोशन लकान्द्रि, निश्चल कार्की र युवराज मगरलाई पनि सम्मानपत्रद्वारा सम्मान गरिएको छ।

विजेताहरुलाई बाहुण्डाँगी जेसिज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईँ, एवम् नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा लगायतका अतिथिहरुले सम्मान पत्र हस्तान्तरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

इलाममा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना, एक जनाको मृत्यु

निशान निराैला इलाम । इलाम नगरपालिका–१०, बाह्रगोलाईस्थित मेची राजमार्गमा बेली ब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा एक जनाको मृ...
पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

पहिलो पाइला नेपाल कमल शाखा अध्यक्षमा सञ्जु, पदस्थापना सम्पन्न

झापा । सामाजिक क्षेत्रमा सक्रिय रहि देशका विभिन्न स्थानमा शाखा विस्तार गर्न सफल संस्था पहिलो पाइला नेपालले कमल शाखाको कार्यसमिति ग...
इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

इटहरी, उदयपुर र गोलबजार जेसीजद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

झापा । मेचीनगर–३ स्थित बलभद्र आधारभूत विद्यालयका विद्यार्थीहरूलाई विभिन्न जेसीज शाखाहरूले शैक्षिक सामग्री वितरण गरेका छन्। नेपा...
पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

पाँचतारे होटल मेची क्राउनद्वारा दैवी प्रकोप उद्धार कोषमा २६ लाख सहयोग

मेचीनगर। झापाको मेचीनगर ८ स्थित पाँचतारे होटल मेची क्राउनले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन...
ne_NPNepali